| सोमवार, कार्तिक २३, २०८३

वक्तृत्वकला प्रतियोगितामा वल्ड क्यापिटल पहिलो

सहिद शुरेस वाग्ले (वासु) स्मृति प्रतिष्ठानले शहिद सप्ताहका अबसरमा जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा ‘नेपालको राज्य ब्यबस्था परिवर्तनमा सहिदको योगदान’ विषयक प्रतियोगिता भएको हो । प्रतियोगितामा द वल्ड क्यापिटल माविकी प्रिती खडका पहिलो , प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी आशा उपरकोटी दोस्रो, सरस्वती मावि फिनामकी स्वस्तिका बानीया तेस्रो र सरस्वती मावि अहालेकी दिपिका अधिकारी चौथो भएका छन् ।
१३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश सात हजार, पाचँ हजार, तिन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार दिईएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कृष्ण धितालले विजेताहरुलाई पुरस्कार प्रदान गरे । कार्यक्रममा सहभागीहरुले कविता वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, संस्थाका कोषाध्यक्ष विकास वाग्ले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानले फागुन २१ गते गोरखा नगरपालिका भित्रका शहिद तथा वेपत्ता परिवारलाई सम्मान गर्ने भएको छ । यस्तै, शनिवार नेकपाका प्रबक्ता नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्यतामा आपँपिपल अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्