| सोमवार, कार्तिक २३, २०८३

हस्तलेखन प्रतियोगीतामा महालक्ष्मीकी अस्मिता पहिलो

लियो क्लब अफ गोरखाले गोरखा नगरपालिका स्तरीय अन्तर मावि हस्तलेखन प्रतियोगीता गरेको छ । प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी अस्मिता राना मगर पहिलो , सरस्वती मावि आहालेकि सुभेच्छा बस्नेत दोस्रो र रत्न राज्य माविकि रोशनी परियार तेस्रो भएका छन् । प्रतियोगितामा शक्ति मावि पाटेचौरकी अस्मिता गुरुङ चौथो भएकी छिन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश नगद पाचँ हजार, तिन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल पुरस्कार दिईएको लियो क्लब अफ गोरखाका अध्यक्ष यम बसेलले बताए । एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । क्लबले यसअघि नगरपालिका क्षेत्रका सबै विद्यालयमा पुगेर प्रतियोगीता गरेको थियो । सोही प्रतियोगीतामा उत्कृष्ट हुनेहरुबिच नगरस्तरीय प्रतियोगिता गरेर विजेता छनौट गरिएको अध्यक्ष बसेलले बताए ।

प्रतिक्रिया दिनुहोस्