| सोमवार, कार्तिक २३, २०८३

विद्यार्थीलाई किन कुट्नु हुँदैन ?

किनकि उनीहरू कुटिनका लागि होइनन् । कुटेर सिक्ने भए पढाउनु/सिकाउनु पर्दैनथ्यो ।
बालबालिकाका अंगहरू कोमल हुन्छन् । समान्य कुटाइले पनि उनीहरूलाई चोटपटक लाग्न सक्छ ।
बालमस्तिष्क अति संवेदनशील हुन्छ । कुटाइका कारण उनीहरू झनै आक्रामक बन्न पनि सक्छन् ।
कुट्नेलाई लाग्ला कि यति कुटेपछि विद्यार्थी अलि सुध्रिन्छ । तर विद्यार्थीले कहिल्यै त्यसरी सोच्दैनन् ।
. कतिपय विद्यार्थी आफ्नै परिवारबाट अनियन्त्रित भएका हुन्छन् । कुटाइले उनीहरूमा झनै उल्टो असर पार्छ ।
कुटाइले बच्चामा सकारात्मकभन्दा पनि नकारात्मक सोचको ज्यादा विकास हुन्छ ।
घरमा सधंै ‘पढ् पढ्’ भनेर अभिभावकले गाली गर्ने र विद्यालयमा शिक्षकले पिट्ने हो भने त्यो विद्यार्थी कसरी खुसी रहन सक्ला ?
विद्यार्थीलाई शारीरिक वा मानसिक दण्ड दिनु अन्तर्राष्ट्रियजगत् र नेपाल सरकारले अपनाएको नीतिविरुद्ध हो ।
कोपिलालाई कुटेर/पिटेर फूल बन्ने होइन । उचित वातावरण पाए मात्र फूल बन्ने र सुवास छर्ने हो ।

प्रतिक्रिया दिनुहोस्