| सोमवार, कार्तिक २३, २०८३

त्रिवेणीमा महापुराणबाटै जुट्यो ५७ लाख

पालुङटार नगरपालिका ९ को त्रिवेणी माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित श्रीमद् भागवत महापुराणमा ५७ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । माघ १६ गतेदेखि २२ गतेसम्म विद्यालय परिसरमा आयोजित सप्ताहब्यापी महापुराणमा ५७ लाख ५६ हजार रुपैयाँ सकंलन भएको प्रधानाध्यापक चुडाप्रसाद अधिकारीले जानकारी दिए । पुराणमा स्थानिय बासिन्दा सहित छिमेकी वडा, गोरखाका विभिन्न ठाउँ तथा छिमेकी जिल्लाका भक्तजनहरुले चन्दा स्वरुप रकम दान गरेका थिए । कार्यक्रम सम्पन्न गर्न २४ लाख रुपैयाँ खर्च भएको प्रधानाध्यापक अधिकारीले बताए । महापुराणकै अबसरमा पालुङटार नगरपालिका ९ का सुरज मरहट्टाले आफ्ना वुवा मधु मरहट्टाको स्मृतिमा एक लाख र पुर्व सांसद स्वर्गिय मैयादेवी श्रेष्ठको स्मृतिमा उनको धर्मपुत्र टंक पौडेलले एक ÷एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा कृषि विषयमा दश जोड दुई कक्षा सञ्चालनका लागि महापुराण गरिएको हो । महापुराणमा पण्डित इश्वर रेग्मीले श्रीमद् भागवत कथा वाचन गरेका थिए । हरेक दिन भजन समुहको सांस्कृतिक कार्यक्रम पनि भएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेजबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष भेजराज पाण्डे, संस्थापक अध्यक्ष चक्रबहादुर लामा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्