
अखिल क्रान्तिकारीद्वारा माघ २४ गते शैक्षिक आम हड्ताल घोषणा
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले २४ गते शैक्षिक हडतालको आयोजना गरेको छ ।
केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारीको बिरोधमा केन्द्रीय कार्यक्रम अनुसार गोरखाको पनि सामुदायिक तथा नीजि विद्यालय बन्द गर्ने कार्यक्रम रहेको संगठनका गोरखा जिल्ला अध्यक्ष सुशान्त सुवेदीले जानकारी दिए ।

अखिल क्रान्तिकारीले एक प्रेस बिज्ञप्ती जारी गरी कोषाध्यक्ष नरेन्द्र बिक को रिहाइ नभए सम्मको लागी भन्दै ५ दिने आन्दोलन घोषणा गरेको हो ।
संगठनले विज्ञप्ति जारी गरी शैक्षिक हड्तालको घोषणा गरेको हो । केन्द्रीय समितिका अध्यक्ष चीरञ्जिवी ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा बिकलाई बिनासर्त ससम्मान रिहाइ गर्न माग गरिएको छ । केन्द्रीय कार्यक्रम अनुसार बुधबार साँझ मसाल जुलुस र बिहिबार शैक्षिक आम हड्ताल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक १७ गते बेलुकी बिराटनगर एयरपोर्ट बाट गिरफ्तारीमा परेका थिए ।




