
लाप्राकमा नेविसंघ गठन
दरौंदी : नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति गोरखाले धार्चे ४ लाप्राकको मणिकामदेवी माविमा विद्यार्थी संघ इकाइ गठन भएको छ । शुक्रबार विद्यालयमा सम्पन्न भेलाले विष्णु गुरुङको अध्यक्षतामा धनबहादुर गुरुङ उपाध्यक्ष, बिसमाया गुरुङ सचिव, पुनम गुरुङ सहसचिव र बिनिता गुरुङ कोषाध्यक्ष रहेको इकाइ गठन गरेको हो । नेविसंघ केन्द्रीय सदस्य उमेश थापाको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष सुवास अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सो समारोहमा केन्द्रीय सदस्य थापा र नेविसंघका गोरखा नगर समितिका अध्यक्ष सुमन पन्तले चार जना विद्यार्थीलाई सहयोग घोषणा गरेका छन् । बर्षभरि उनीहरुले खर्च गर्ने स्टेशनरी सामग्री र पोशाकका लागि लाग्ने खर्च ब्यहोर्ने घोषणा गरेका जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिए । पढाइमा मेधावी, जेहेन्दार तथा निम्न आर्थिक अबस्थाका विद्यार्थीलाई विद्यालयको सिफारिसमा सहयोग गर्ने उनले बताए ।




