| सोमवार, कार्तिक २३, २०८३

सरस्वती माध्यामिक विद्यालयको ४७ औ बार्षिकोत्सव सम्पन्न

गोरखा नगरपालिका ८ आहालेको सरस्वती माध्यामिक विद्यालयको ४७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीले विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता गरे । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने ब्यक्तिहरुलाई बार्षिकोत्सवकै अबसरमा सम्मान गरिएको छ । जसअनुसार शिक्षीका कौशीला मरहट्टा, भुपु कर्मचारी भेषबहादुर खत्री र ब्यबस्थापन समितिका भुपु सदस्य इश्वर खत्रीलाई सम्मान गरिएको छ । साथै विद्यालयमा अक्षयकोष स्थापना गर्ने १४ जनालाई पनि सम्मान गरिएको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए । सोही अबसरमा गत बर्ष एस ई ई परिक्षामा ए प्लस ल्याउने १४ विद्यार्थीलाई जनही १५ सय रुपैयाँ पुरस्कार स्वरुप दिईएको उनको भनाई छ । कार्यक्रममा बार्षिक परिक्षामा कक्षागत रुपमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर विनाकुमारी श्रेष्ठ, वडा अध्यक्ष कृष्ण केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, शिक्षक अभिभावक संघका भुपु अध्यक्ष बाबुराम थापा, विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष नारायण खत्री, रोटरी क्बल अफ गोरखाका कृष्ण ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्