| सोमवार, कार्तिक २३, २०८३

अमरज्योति माविमा पूर्व विद्यार्थी समाज गठन

दरौंदी : अमर ज्योति जनता मा.वि.लुइँटेलको पूर्व विद्यार्थी समाजको भेलाले डा.नन्द विक्रम अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा देबेश देवकोटा, उपाध्यक्षमा कृष्ण देवकोटा र उर्मिला श्रेष्ठ, महासचिवमा राजेन्द्र बानियाँ ,सचिबमा प्रमिला देवकोटा र कोषाध्यक्षमा सन्जीव अधिकारी चयन भएका छन् । सदस्यमा टोपबहादुर बानियाँ, बिनोद देवकोटा , सुक तामाङ, इश्वरी देवकोटा, हरि अधिकारी, किशोर अधिकारी, नवराज भण्डारी ,सेविका देबकोटा, श्रीप्रसद देवकोटा चयन हुनुभएको छ । सोही अबसरमा पुर्ब विद्यार्थी तथा पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पुर्ब प्राचार्य गुणप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । यस्तै, पुर्ब बिध्यार्थी डाक्टर उपेन्द्र देवकोटालाई मरणोपरान्त सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए । समाजका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विद्यार्थी तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेश चन्द्र देवकोटा, संस्थापक प्रधानाध्यापक कुलेन्द्र देवकोटा , प्रधानाध्यापक गोविन्द खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्