| सोमवार, कार्तिक २३, २०८३

मित्रता माविका विद्यार्थीले गरे च्याउखेती

दरौंदी : तनहुँको आँबुखैरेनी गा.पा.१ सत्रसयको मित्रता मा.वि.मा ब्यवशायीक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले च्याउखेती शुरु गरेका छन् ।
ब्यवशायीक शिक्षा अन्तरगत डिप्लोमा ईन एग्रीकल्चर (बाली विज्ञान) विषयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुले आफ्नै लगानीमा च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीले विद्यालयको २ वटा खाली कक्षाकोठामा च्याउखेती शुरु गरेका विद्याालयका प्रधानाध्यापक धु्रव अधिकारीले जानकारी दिए । स्थानीय मिलिजुली कृषि सहकारी संस्था बरादीको सहयोगमा उनिहले च्याउखेती शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्