| बिहिबार, अशोज ७, २०८३

तमु जातिको महान पर्ब ल्होसार

टेकबहादुर तमु
यस (फ्m) ल्होसार महोत्सबको कार्यक्रमले हामी तमु जातिहरुको परम्परा संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति र प्रगतिको क्षेत्रमा, मनोरञ्जनको क्षेत्रमा, प्राबिधिक र शैक्षिक क्षेत्रमा समेत सधैँ उन्नति र प्रगति हुँदै जाओस् भन्ने कामना गर्दछु ।
संसारकै रमाइलो प्रकृतिको धनी तथा प्रकृतिको सुन्दर्यताले सजिएको यो सुन्दर नेपालआमाको काखमा रहेको हामी हिमाली भूमिपुत्र तमु जातिहरु आज ‘फ्m’ ल्होसार मनाउन गहिरहेको सन्दर्भमा शुभकामना पनि दिन चाहन्छु । संसारमा बाह्र वटा जनावरहरुको नामबाट उत्पति भएको ल्होसार (१) च्यु ल्हो (२) ल्वोँ ल्हो (३) तो ल्हो (४) ह्यि ल्हो (५) मुप््रही ल्हो (६) सप््रही ल्हो (७) त ल्हो (८) ल्हु ल्हो (९) प्र ल्हो (१०) च्ह्य ल्हो (११) खी ल्हो (१२) फ्m ल्हो गरी मङ्गोलिया, रशियाको पूर्बी भूभाग, उत्तर कोरिया, दक्षिण कोरिया, चिन, जापान, ताईवान, थाईल्यान्ड, मकौउ, हङकङ, बर्मा, श्रीलङ्का, भुटान, नेपाल, भारतको उत्तर सिक्किम, दार्जलिङ्घ, सिम्ला हिमाञ्चल प्रदेश, जम्मु कास्मीर, ल्येलदक, तिब्बत आदि देशहरुमा सबैको एकै किसिमको ल्हो ल्होसार मिल्ने भएकोले यो ल्होसार पर्ब दुई, चार हजार बर्ष मात्र नहुन सक्छ । प्रत्येक पुस १५,को ङिमा लोके ल्होसार तमु जातिको एउटा प्राचीन चिनारी हो । ल्होसार भनेको तमु जातिको एउटा सामाजिक संरचनाको प्रमुख विशेषता पनि हो । ल्होसार आदिमकाल देखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्व पनि हो । सवभन्दा पहिले तमु जातिको ल्होसार नश्लको हिसावले आदिम साम्यवादी युगदेखि सुर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने र कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने ६÷६ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमुु जातिहरुले किटान गरी राखेको ल्होसार पर्ब हो । सबभन्दा लामो रात हुने झन् पुस १४ का राती वन जंगलमा सानो फिस्टे चरा पनि भोकले ३ मुर्छा पर्छ भन्ने कथन छ । त्यसैले १४ पुस राती मध्यरातबाट धेरै पहिलेका तमु जातिहरुले बत्ती बाली खेमा राख्ने चलन पनि थियो । खेमा राखिसके पछि रातभरी क्रमश ः अलिअलि बन तरुलहरु खाइ रहनु पर्ने भन्ने परम्पराको किंबदन्ती पनि छ । प्राकृतिक बोन संस्कार अनुसार १५ पुसलाई नै आधार मानी तमु जातिहरुले आफ्नो ल्होसार पर्व राखेको पाईन्छ । साधारण भाषामा ल्हो भनेको वर्ग, सार भनेको नयाँ भन्ने परम्परा अनुसार नै प्रत्येक पुस १५ नयाँ ल्होसार भनेर मनाउदै आएका छन् । पुस १४ लाई गएको ल्होलाई विदाई र पुस १५ नयाँ ल्होको आगमन्को स्वागत गर्दै निधारमा सेतो टिका लगाई शुभकामना आदन प्रदान गरिन्छ । तमु जातिहरुको एउटा ल्होकोर पुरा हुन एक बर्ग लाग्छ । तमु जातिहरुले मनाउदै आएको ल्हो १२ वटा हुन्छ । आफु जन्मेको ल्होकोर पुरा हुन १२ बर्ग लाग्छ । १३ बर्गमा मात्र फेरी आफ्नो ल्हो आउँछ । त्यसैको आधारमा ल्होसार मनाउँदै आएका हुन् । तमु जातिको परम्परा अनुसार शुरुमा १३ बर्गमा १ ल्होकोर, एउटा ल्होकोर पुरा हुन्छ । त्यस पछि १२ बर्गमा एक ल्होकोर पुरा हुदँै जान्छ । २५ बर्ग २ (दुई) ल्होकोर ३७ बर्गमा ३ ल्होकोर ४९ बर्गमा ४ ल्होकोर हुदँै क्रमश ः जान्छ । बाह्र वटा ल्होको १२ वटा छुट्टा छुट्टै नाम हुन्छ । १३ बर्ग पुगेपछि त्यही नामको ल्हो मिल्न आउँछ । शुरुमा मात्र १३ बर्गमा त्यही नामको ल्हो हुन्छ । त्यसपछि १२, १२ बर्गमा त्यही नामको ल्हो हुन आउँछ । ल्होसार मान्ने आदिवासी जनजातीहरु सुरुमा सबैका एउटै प्रकृतिबादमा नै आधारित भएको पाईन्छ । ल्होसारको जन्म पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा प्रत्येक पल पलमा समय फेरिएर उहि आफ्नै ग्यालक्सी रेखाको स्थानमा पुगेपछि एउटै समय हुने भएकाले त्यसैको आधारमा ल्होसार पर्व मनाउँदै आएको मानिन्छ । यो ल्होसार ढुङ्गे युग तथा जंंंंगली र फ्mिरन्ते युगमा जो आ(आफ्नो समुहको भेला बसी जीबीकोपार्जन गर्न बढी शिकार पाउने क्षेत्रलाई आफ्नो समुहको मुआब्जा बनाउने दिन हो ।
सोनाम ल्होसार ः अब गर्मी सिजन् संंंग खेती पाती उपजनी हुने समय सुरु हुदै आयो भनेर तामाङ् पुरोहित हरुले आफ्नो समुहलाई भेला गरी माघ शुक्ल पक्षेको आसपासमा तामाङ् ज्योतिषले सबै कुरा हेर कोर गरी आफ्नो धर्म गुरु समेत जन्मेको दिन जुराएर शुरु गरी मनाउन थालेको खेती किसानको नामबाट उत्पत्ति भएको ल्होछार हो भनेर तामाङ् ज्योतिषहरुले भनिन्छ ।
ग्याल्पो ल्होसार ः अब ख्हगाङ्री क्षेत्रमा ख्ह पग्लेर माटोमा बिलाई सक्यो अब सुखको दिन सुरु भयो भनेर भोटे लामा,सेर्पा,लोपसाङ् आदि जातिहरुले दावाङिमाको आसपासमा लामा गुरुले आफ्नो धर्म गुरु जन्मेर उस्ले राज्य प्राप्त गरेको दिन देखि राजकाज संचालन गर्ने क्रममा राज्यमा रेकर्ड राख्दै जान बर्गहरु गन्ती गरी राजाले रेकर्ड राख्दै लगेको ग्याल्बो (राजा) ल्होसार हो भनी नयाँ बर्ग मनाउन थालेको देखिन्छ । ङिमा लोके तमु ल्होसार भने सम्वत् लेखि राखेको पाईदैन । संसारमा जति पनि नयाँ बर्गको रुपमा विभिन्न समूहले ल्होसार मान्दै आएको छ । कसैले आफ्नो धर्म गुरु जन्मेको दिनलाई मनाएको पाईन्छ । कसैले आफ्नो राजा जन्मेको दिनलाई मनाउँदै आएको पाईन्छ । जति पनि सम्वत्हरु बनाएको छ आफूले मानेको व्यक्तित्वको जन्म दिनलाई मानेको छ । तर तमु जातिको ल्होसार (नयाँ बर्ग) मान्छे जन्मेको दिन होईन । तमु जातिहरु पृथ्बीले सूर्यलाई परिक्रमा गर्दैै आएको आधारमा मानेको छ । ल्हो खामको आधारमा र विभिन्न १२ वटा जीवहरुको नामबाट विस्तृत जानकारी हुन्छ । चोँ नासाको भाषामा सार भनेको नयाँ र छार भनेको १ वर्गबाट अर्को वर्गमा फेरेको र फेर्ने नयाँ दिन हो । एउटा फूल झरेर अर्को फूल फक्रेको पनि छार नै भनिन्छ । ल्हो गन्ती गर्दा च्यु ल्होबाट शुरु हुन्छ । फ ‘ल्हो’ मा आइ पुग्दा १२ ल्हो पुरा हुन्छ । १२ ल्हो पुगेपछि एक ल्होकोर भन्ने चलन छ । यसैपालीको ल्हो ‘खि’ ल्हो अन्त्य भएर ‘फ्m’ ल्हो आगमन हुन्छ । ल्हो मनाउँने जातिहरुको सम्वत् बनाउने मूल आधार केही पनि छैन । हामी तमु जातिहरुको ल्होसार प्राकृतिक बोन संस्कार शुरु भएको बर्ग खोजी गरी त्यसलाई आधार बनाएर ल्होसार सम्बत् राखेमात्र हो । प्राकृतिक बोनीजम तथा हालको बैज्ञानिकहरुको भनाई अनुसार यो पृथ्बी उत्पति भएको २ अरब बर्ष भयो । जीब उत्पति पछि साँढै तीन करोड बर्ष अगाडि बाँदर र मानिसको बिच हाँगा फ्mाट्यो । पूर्णरुपमा भन्नु पर्दा मानिसको आकृतिमा बिकास भएको ३० लाख बर्ष देखि शुरु भएको भनाई पाईन्छ । १५ लाख बर्ष अगाडिका मानिसहरुलाई मात्र हामी मानिसका जिज्यूबाजे भनिन्छ भन्ने पुरानो इतिहासमा पाईन्छ । प्राकृतिकको नियमानुसार कुनै पनि बस्तु उत्पादन हुन प्राकृतिकरुपमा सिजन् आउने गरेको पाइन्छ । त्यसैले मानिसको उत्पति पनि एकै साथ चार भू–खण्ड अर्थात पृथ्बीको चार ठाउँबाट उत्पति भएको बिश्व इतिहासमा पाईन्छ । नं. १ अरब सागरबाट उत्पति भएको ककेसियन नश्लका आर्यन मुलकाहरु । नं. २ मङ्गोलियन सागरबाट उत्पति भएको मङ्गोल नश्लका मङ्गोलियन मुलकाहरु । नं. ३ ड्रोभिड सागरबाट उत्पति भएका ड्रोभिडियन नश्लका ड्रोभिडियन मुलकाहरु । नं. ४ युरोपियन सागरबाट उत्पति भएका प्रोटोअस्ट्रोल्योइट मुलकाहरु गरी ४ भूभागबाट उत्पति भएको बिश्वका बैज्ञानिकहरुको भनाई बिश्वका पुरानो इतिहासमा पाईन्छ । हालसम्म यी चार मानब समुहहरुको परम्परा संस्कार र संस्कृति, चलन चल्ती आदि सबै फ्mरक फ्mरक हुनु स्वभाबिक हो । जब परम्पराको हिसाबले हेर्ने हो भने प्राकृतिक बोन संस्कार शुरुत भै फ्mैलिदै आउँने क्रममा ः मंग ठोँह, चिना ठोँह, क्रोँ नासा र चोँ नासा भै यहाँ सम्म प्राकृतिक बोन संस्कारमा बिकास भएर आएको बोनबादी पुरानो तमु खेगी गुरुज्यूहरुको प्येमा पाईन्छ । यस सन्दर्भमा तमु जातिहरुको मृत्यु पछि पितृपूजा गरेन भने पितृले परिवारमा पिर्ने दुख बिमार गराउने हुँदा पितृ पूजा गर्दै आएको पाईन्छ । संसारमा मानब सभ्यताको बिकासको खुट्किलाहरु को इतिहास अनुसार हेर्ने हो भने कृषि युगमा परिणात भएको (५०००) पाँच हजार बर्ष भएता पनि आआफ्नो परम्परा सामाजिक संस्कार र संस्कृति भने प्राकृतिक दैबी प्रकोपको भोगकष्ट अनुसार फ्mिरन्ते युग, जंगली युग र ढुङ्घेयुग देखि नै प्राकृतिक बोन संस्कारको पच्यु, क्ल्यबृँ र बोन लमको प्येहरु बिकास हुँदै आएको प्राकृतिक बोन बिद्याहरुमा पाईन्छ । हाल सम्म तमु जातिको कुनै ठाउँहरुमा पित्रृ पूजा गर्दा प्राकृतिक बोनबादमा बर्षै बिच्छे एउटा नयाँ सानो ढुङ्घा धुवाएर थप्ने चलनले पित्रृ पुस्ता ३२ हजार बर्ष देखि ३४ हजार बर्ष सम्म भएको भन्ने कुरा तमु जातिको प्राकृतिक बोनीजम प्ये मा छ भनेर खेगी बोन गुरु ज्यूहरु भन्नु हुन्छ । प्राकृतिक बोन गुरु पच्यु नराबोनले लेखित प्ये शास्त्र नभएको हुँदा प्रत्येक बर्गमा प्राकृतिक पूजा र पितृ पूजा अलक अलक गर्दा प्रत्येक बर्ग एकुन्ट ढुङ्घा धुवाएर पूजा गरी राख्ने चलनले माथि उल्लेखित ल्होसार सम्बत् खोज अनुसन्धान गर्ने हो भने सजिलो र सुलभ हुन सक्छ । आज भोलि कतिपय ठाउँहरुमा हिन्दूबादको पेलाइको कारण ढुङ्घाहरु फ्mालि ढुङ्घाको सट्टामा गाईको गोबारको कैँतुहरु (तुर्म) बनाए र प्रकृति पूजा तथा पित्रृ पूजा गर्न थालेको पाईन्छ । पृथ्वीले सूर्यलाई परिक्रम गर्दा पृथ्वीको उत्तरी ध्रुव सूर्यतिर नजिक पर्न जाने हुँदा दिन लामो र रात छोटो हुँदै जान्छ । त्यस दिनलाई ‘ङि’ एव, ल्हो थोव भनी मनाउँदै आएकोे ल्होसार विज्ञानमा आधारित छ । किनभने सूर्यले दिशा परिवर्तन गरिसकेको भन्ने परम्परा र मौसम पनि परिवर्तन हुँदै जाने हुन्छ । पृथ्वी ढल्केको कारण नर्वे भन्ने देश उत्तरी ध्रुवमा पर्ने भएकोले नर्वेमा ६ महिना रात र ६ महिना दिन हुन्छ र मलेशिया भूमध्ये रेखामा पर्ने भएकोले बाह्रै महिना रात र दिन बराबर हुन्छ । मूलत नेपाल पृथ्वीको भूमध्ये रेखाबाट उत्तरतर्फको अक्षांश २६०.२२’ उत्तर देखि ३००.२७’ उत्तरमा रहेकोले कहिले दिन लामो,रात छोटो, कहिले रात लामो दिन छोटो हुने गर्दछन् । त्यसैले यहाँ १५ पुसदेखि समयले पाउ सर्दै जान्छ दिन लम्बिदै जान्छ , रात छोटिदै जान्छ, तातो ताप बढ्दै जान्छ । चिसो कम हुँदै जान्छ । वन जंगलहरुमा झारपात बोट विरुवाहरु उम्रन थाल्छ । घाँस काटेर अर्थात झारी सकेका रुखका पातहरु र पातझरि सकेका रुखहरुमा नयाँ पालुवा पलाउँन थाल्दछन् । फलफूलका बोटहरुमा फूल फूलेर फल फल्न थाल्दछन् । जमिन मुनिका किरा फटेङ्ग्राहरु पनि रमाएर बाहिर निस्केर आ(आफ्नो भाषा र धुनमा गीत गायई उफ्रिन थाल्दछन् । बनका चरा चुरुङ्ीहरु पनि आ(आफ्नो जोडी खोजे र गुँड बनाउँन थाल्दछन् । फुल पार्दछन् र चल्ला निकाल्छन् , हुर्काउछन् । वन जंगलमा जीव जन्तुहरुले पनि माघ, फागुन देखि ठाउँ अनुसार ठाउँ हेरेर असारको १५ सम्म प्राय बच्चा जन्माउँछन् । यी सवै प्राकृतिकको नियम र प्रकृतिबाद कै आधारमा चलेको देखिन्छ । तिब्बतेन भाषा अनुसार धावाताङ्बो भनेको पहिलो महिना भनिन्छ र पहिलो महिना पुस महिनालाई मान्दै आएको पाईन्छ । तर आजकाल धावाताङ्वो कसैले पुस महिनादेखि मानेको पाईन्छ । कसैले माघ महिनादेखि र कसैले फागुन महिनादेखि मान्दै आएको पाईन्छ । सवै कुरामा हाँगा विगाँ भएर परिवर्तन आयो यो सबै अपभ्रम्स हो । संसारमा नयाँ बर्गको पहिलो महिना पुस महिनालाई नै तार्केट गरेको पाइन्छ । चिनियाँको अमान्त मासको पात्रो अनुसार यस बर्षको फ्mेब्रुअरी ४ अर्थत २१ माघ औंसीका दिन ४७१७ ‘फ्m’ ल्होसार मनाउने तयारीमा देखिन्छ । अंगे्रजी सम्वत्मा पनि नयाँ बर्गको पहिलो महिना सँधै पुस १७ मा पर्छ । संसारमा हाल नयाँ बैज्ञानिकहरुले प्रत्येक ७२ बर्षमा १ दिनको समय घट्ने क्रमले गर्दा प्रत्येक पुष महिना ७ गते २२ डिसिम्बरमा सूर्य उत्तर दिशा तिर फ्mर्केको हुन्छ भनी प्रमाणीत गरी सकेकोछ । मंगोलियाको खाँ इलाका र चीन तिब्बतको घ्या इलाकामा पनि ङिमा लोके ल्होसार डिसेम्बर २८, २९ र ३० सम्म तिन दिन धुमधामसँग मनाउँने गरेको हामीलाई थाहा भएको कुरा हो । त्यस समयमा हामी तमु जातिहरुले मनाउँने तमु ल्होसार पुस १५ पर्न आउँछ । हामी तमु जातिले मान्दै आएको ल्होसार पनि त्यसमा आधारित छ । (लेखक प्ये ल्हु संघ केन्द्रीय बोन लम समितिका प्रमुख सल्लाहकार हुन् )

प्रतिक्रिया दिनुहोस्