| बिहिबार, अशोज ७, २०८३

शेरबहादुरले स्वीकार गर्न नसक्ने सुझाव कांग्रेसजनको

देवप्रकाश त्रिपाठी : एउटा पुरानो भनाइ छ( ‘काङ्ग्रेस र ठकुरीलाई सुझाव दिइनुहुन्न ।’ काङ्ग्रेस यस्तो पार्टी हो जहाँ नेताहरूको मात्र हैसियत रहन्छ, नेताको निर्णयलाई अवज्ञा गर्ने क्षमता कसैमा रहँदैन र कसैको अवज्ञा या असहमतिप्रति सरोकार पनि राखिँदैन ।
पार्टीको सर्वोच्च पद प्राप्त गरिसकेपछि आफैँलाई राजा ठान्ने, राजा भइसकेपछि बाँकी सबैलाई होचा(पुड्का देख्ने र होचा(पुड्काहरूको सुझाव ग्राह्य नहुने भएकोले काङ्ग्रेसलाई सुझाव दिइनुहुन्न भन्ने धारणा बनेको हुनुपर्छ । ठकुरी भन्नाले हिजोका दिनमा राजालाई भनिएको हो र, राजा(महाराजाहरूमा सुझावभन्दा सहयोग ग्रहण गर्ने प्रवृत्ति रहन्छ भन्ने आमजानकारीको विषय हो ।
‘राजा’ र काङ्ग्रेस (नेताहरू)लाई कसैले सुझाव दियो भने ‘यो निकै जान्ने भएछ’ भनेर कद घटाइदिने काम हुन्थ्यो । त्यसैले जानकार मानिस काङ्ग्रेस र ठकुरीलाई सुझाव दिने धृष्टता गर्दैनथे । यतिबेला मुलुकमा औपचारिक राजसंस्था अस्तित्वमा छैन, तर गणतन्त्रको आवरणमा उत्पन्न भएका अनेक ‘राजा’हरू कसैबाट सुझावको नभई सहयोग र केवल सहयोगको मात्र अपेक्षा राख्ने गर्दछन् । शेरबहादुर देउवा त ठकुरी प्रजातिका परे र काङ्ग्रेसका मुख्य नेता पनि, त्यसैले देउवामा सुझाव ग्रहण गर्ने होइन सुझाव सुन्ने क्षमताको पनि सख्त अभाव देखिन्छ ।
नेपाली काङ्ग्रेसलाई पुरानो हैसियतमा फर्काउने या नवीनतम अवस्थामा पुरÞ्याउने, यस्तो दुवै क्षमता शेरबहादुर देउवामा निहित छ भन्ने विश्वास गर्न पाइन्छ । विश्वासले फल दिने भए बिरुवा रोप्न र पानी हालिरहनुपर्ने थिएन, यो अर्कै सत्य हो । बिहानीको घाममा नमिलेको भिटामिन डी ओर्लिएको सूर्यबाट मिल्ने विश्वासका साथ कोही घाम ताप्न खोज्छन् भने तिनले एकछिन पछि भेट्ने भनेको रात नै हो, भिटामिन डी होइन । करिब तीन दशकदेखि सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहँदा केही गर्न नसक्ने(नखोज्ने पचहत्तर वर्षीय शेरबहादुरबाट अबको पाँच वर्षमा मूल फुटाउने कुनै काम हुन सक्छ भनी ठान्ने आशामुखीहरूले बुझ्नुपर्ने के हो भने देखिने शेरबहादुर दौरा, सुरुवाल, कोट र टोपीमा छन्, नदेखिने शेरबहादुर गाजल र लिपिस्टिकसहित साडी(ब्लाउजमा आरजु बनेर बसेकी छिन्, जसलाई यो देश, प्रजातन्त्र र काङ्ग्रेस नामको पार्टीसँग न हिजो कुनै साइनो र सरोकार थियो न शेरबहादुर शक्तिहीन भएपछि काङ्ग्रेससँग साइनो जोड्न उनी इच्छुक हुने विश्वास गरिन्छ । त्यसैले यो लेखनीमा प्रस्तुत हुने सुझाव नेताका निम्ति नभई कार्यकर्ताको खपतका लागि मात्र भएको व्यहोरा अवगत गराइन्छ ।
नेपाली काङ्ग्रेसको जीवन मध्यमार्गमा सुनिश्चित रहने हो । हिजो एउटा शक्तिका रूपमा राजदरबार थियो र परम्परावादमा आधारित दक्षिणपन्थी तथा राष्टूवादी शक्तिको प्रतीकका रूपमा समेत राजदरबारलाई लिइन्थ्यो । एकातिर वामपन्थी कम्युनिस्ट र अर्को्तिर परम्परावादी शक्तिको बीचमा नेपाली काङ्ग्रेस थियो । संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र र परम्परागत मूल्य(मान्यता जोगाउँदै समृद्धि र अधिकारको पक्षमा उभिने भएकोले काङ्ग्रेस स्वतः मध्यमार्गी शक्तिका रूपमा स्थापित थियो । काङ्ग्रेसको यही वैचारिक मान्यताका कारण राजा र कम्युनिस्टसँग सन्तुलित व्यवहार गर्दै काङ्ग्रेस अडिएको थियो । तीन दशकदेखि सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहँदा केही गर्न नसक्ने(नखोज्ने पचहत्तर वर्षीय शेरबहादुरबाट अबको पाँच वर्षमा मूल फुटाउने कुनै काम हुन सक्छ भनी ठान्ने आशामुखीहरूले बुझ्नुपर्ने के हो भने देखिने शेरबहादुर दौरा, सुरुवाल, कोट र टोपीमा छन्, नदेखिने शेरबहादुर गाजल र लिपिस्टिकसहित साडी(ब्लाउजमा आरजु बनेर बसेकी छिन्, जसलाई यो देश, प्रजातन्त्र र काङ्ग्रेस नामको पार्टीसँग न हिजो कुनै साइनो र सरोकार थियो न शेरबहादुर शक्तिहीन भएपछि काङ्ग्रेससँग साइनो जोड्न उनी इच्छुक हुने विश्वास गरिन्छ ।
प्रधान अन्तरविरोध सामन्तवादसँग भएको ठहर गर्ने वामपन्थी कम्युनिस्टहरू काङ्ग्रेसलाई राजसंस्थाका विरुद्ध उपयोग(प्रयोग गर्न सदैव प्रयत्नशील थिए । तर, बीपी कोइराला राजसंस्था विस्थापित भएमा कम्युनिस्टसँग काङ्ग्रेसको सीधा लडाइँ शुरु हुने र त्यसले नेपालको राष्टिूयता र प्रजातन्त्रलाई गम्भीर क्षति पुरÞ्याउने ठान्दथे, त्यसैले बीपी जीवित रहिन्जेल काङ्ग्रेसलाई दुरुपयोग गर्न कम्युनिस्टहरू असफल भए । बीपीको अवसानपछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता विचारनिस्ट नेताहरू सशक्त भूमिकामा रहेकोले कम्युनिस्टहरूको इच्छा सहजै पूरा हुने स्थिति बनेन । गणेशमान सिंहको निधन भएको, कृष्णप्रसाद भट्टराई आफ्नै पार्टी्भित्र कमजोर बनेको र गिरिजाप्रसादजस्ता आत्मकेन्द्रित नेता बलवान् भएको मौका छोपेर कम्युनिस्टहरू काङ्ग्रेसलाई आफ्नो एजेण्डा बोकाउन सफल भएका हुन् । गिरिजाप्रसादपछि शक्तिशाली बनेका सुशील कोइराला र शेरबहादुरसमेत आत्मकेन्द्रित सोचबाट मुक्त नभएकोले उनीहरू पनि बीपीको विचारमा काङ्ग्रेसलाई उभ्याउन असफल रहे । परिणामस्वरूप देश कम्युनिस्टमय बन्न पुगेको छ ।
यतिबेला काङ्ग्रेस विचार, दर्शन र सिद्धान्तलाई भन्दा समसामयिक अर्थात् तात्कालिक मुद्दाहरू बोकेर आफूलाई स्थापित र विपक्षी कम्युनिस्टलाई विस्थापित गर्ने सोचमा केन्द्रित छ । जब कि वैचारिक धरातल सुदृढ नबनाएसम्म सामयिक मुद्दाका आधारमा काङ्ग्रेसको शक्ति पुनर्वहाली हुने स्थिति छँदै छैन । कोही भन्छन्( सङ्गठन कमजोर भएकोले काङ्ग्रेसको साख गुमेको हो । कसैको भनाइ छ( नेता बूढा भएकाले काङ्ग्रेस प्रभावकारी बन्न नसकेको हो । अनि कोही भन्छन्( नीति र कार्यक्रम गतिलो नभएकोले काङ्ग्रेस ओरालो लागेको हो त कतिपयको भनाइमा युवाहरूले उचित ठाउँ नपाएकोले काङ्ग्रेसको उत्थान हुन नसकेको हो । बूढो नेतृत्वबाट मुक्त गरेर काङ्ग्रेसलाई युवाहरूको जिम्मा लगाइयो भने पार्टीको हैसियत पुनस्र्था्पित हुने विश्वास काङ्ग्रेसभित्र र बाहिरका मानिससमेत गर्ने गर्दछन् ।
वास्तवमा युवाहरूको हातमा काङ्ग्रेसको नेतृत्व पर्ने्बित्तिकै उक्त पार्टीको जीवनमा हरियाली आउन सक्छ भन्ने सोच आफैँमा काल्पनिक र आधारहीन देखिन्छ । रामचन्द्र पौडेल र शेरबहादुर देउवाहरू पहिलोपटक मन्त्री बन्दा उनीहरू पचास वर्ष पुगेका थिएनन् । विमलेन्द्र निधि मन्त्री हुँदा चालीस र महेश आचार्य पैंतीस आसपासको उमेरमा थिए । त्यतिबेलाका युवाहरू पार्टीको नेतृत्वमा हर्ताकर्ता बनेको तीन दशक पुग्न लागिसकेको छ, के भयो त युवाको हातमा काङ्ग्रेसको नेतृत्व भएर ? अहिलेका अधिकांश युवा नेताहरूको सोच, संस्कार र व्यवहार पुराना पुस्ताका नेताहरूको भन्दा कुन अर्थमा भिन्न छ ? यस्ता प्रश्नहरूमा आमकाङ्ग्रेसजनको ध्यान जान आवश्यक छ । काङ्ग्रेसलाई साँच्चै उत्थान गर्ने हो भने तपसिलका चार विषयमा स्पष्ट हुनुपर्ने देखिएको छ ।
युवा कि नयाँ अनुहार ?
काङ्ग्रेसको नेतृत्व युवाहरूको हातमा आउनुपर्छ भन्नेहरू वास्तवमा नयाँ अनुहार खोजी गर्नुपर्ने हो कि ‘युवा शरीर’ भन्नेमा स्पष्ट छैनन् । काङ्ग्रेसको नेता बन्न सन्तान पैदा गर्ने अधिक क्षमता हुनुपर्छ भन्ने अवश्य होइन । युवाहरूमा दौडधुप गर्न सक्ने, खट्न सक्ने र सन्तान पैदा गर्न सक्ने क्षमता बूढाहरूमा भन्दा अवश्य बढी रहन्छ । कुनै पनि दलमा सङ्गठनलाई क्रियाशील बनाइरहन युवाको भूमिका महत्वपूर्ण रहने गर्दछ ।
तर, नेतृत्व लिनका निम्ति व्यक्तिमा परिपक्वता अनिवार्य मानिन्छ, अल्लारे सोचले पार्टी या सरकार चल्न सक्दैन ।
जतिबेला बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक आन्दोलन र काङ्ग्रेस पार्टीका नेता बन्नुभएको थियो, त्यसबेला उहाँहरू युवा उमेरमा हुनुहुन्थ्यो, तर उहाँहरू युवा भएकैले नेता बनेकोचाहिँ होइन । स्पष्ट विचार, दृष्टिकोण, देशप्रतिको ममता, इमानदारी, त्याग र समर्पणभावले उहाँहरूलाई नेता मानिएको थियो । कुनै मञ्चमा उभिएर इमोसनल भाषण छाँट्ने कला या चकलेटी अनुहार भएकोले उहाँहरूलाई नेता मानिएको थिएन । अहिले देखापरेका सबै होइन अधिकांश युवाहरू अदृश्य शक्तिको गोटीजस्ता देखिएका छन्, आफूले निर्वाह गरिरहेको भूमिकाले देश, जनता, प्रजातन्त्र र काङ्ग्रेस पार्टीलाई कति हानि पु¥याइरहेको छ भन्ने हेक्का राख्ने क्षमताको समेत उनीहरूमा अभाव देखिन्छ । त्यसैले अहिले युवाहरूको भन्दा परिपक्व नयाँ अनुहारको अपरिहार्यता खट्किएको छ । युवाहरूलाई परिचालन गर्न सक्ने नयाँ पुस्ता नेतृत्वमा स्थापित हुन सक्यो भने मात्र काङ्ग्रेसमा नयाँ गति पैदा हुन सक्छ भन्नेमा आमकाङ्ग्रेसजन स्पष्ट हुन आवश्यक छ ।
विचार(दर्शन कि सामयिक मुद्दा मात्र ?
०६३ को परिवर्तनसँगै काङ्ग्रेस आफ्नो मौलिक विचार(दर्शन तथा सिद्धान्तबाट विचलित भयो र कम्युनिस्टका एजेण्डामा रमाउन थाल्यो । राजसंस्था विस्थापित हुनेबित्तिकै कम्युनिस्टहरूले आफैँलाई मुख्य दुश्मन घोषणा गर्न सक्छन् भन्ने अनुमानसमेत काङ्ग्रेसका नेताहरूबाट हुन सकेन । काङ्ग्रेस नेतृत्व सङ्घीयता, गणतन्त्र, धर्म्निरपेक्षता र जातीयतामा आधारित आरक्षण प्रणाली अवलम्बन गरेपछि परिवर्तनको सम्पूर्ण जस (यस) आफैँले पाउने आत्मरतिमा रम्यो । तर, उल्लिखित एजेण्डा काङ्ग्रेसको भएको ठानिएन, कम्युनिस्टले काङ्ग्रेसलाई समेत आफ्ना एजेण्डामा सहमत गराएको प्रचार ग¥यो र, जनताले यही कुरालाई पत्याइदिए । माओवादीलाई मूल राजनीतिक प्रवाहमा ल्याउने नाममा काङ्ग्रेसले पाइलैपिच्छे आफैँलाई मेट्दै गयो । यतिबेला काङ्ग्रेस पात र हाँगाबिनाको ठुटे रूखजस्तो बन्न पुगेको छ ।
अब निश्चित मौलिक विचार(सिद्धान्तको वहाली गर्न सकेन भने काङ्ग्रेसमा पालुवा चढ्ने आशा गर्न सकिँदैन । त्यसका निम्ति काङ्ग्रेस हिन्दूराष्टूको एजेण्डामा फर्कन अनिवार्य छ । कम्युनिस्ट प्रभावलाई कमजोर तुल्याउन जातीयता र क्षेत्रीयताको मुद्दा प्रभावी मानिन्छ छन् जातीयता र क्षेत्रीयतावादी सोचको अन्त्य धार्मिक मुद्दाले मात्र गर्न सक्छ ।
त्यसैले हिन्दूराष्टूको एजेण्डालाई अवलम्बन गर्न सक्यो भने काङ्ग्रेसमा मानिस अडिने र आकर्षित हुने बलियो आधार खडा हुने विश्वास गर्न सकिन्छ । त्यस्तै, अहिले देशले अवलम्बन गर्न खोजेको सङ्घीय प्रणाली असफल हुने सङ्केतहरू प्रकट भएका छन् । अब सङ्घीयताबाट फिर्ता भएर विकेन्द्रीकरणमा केन्द्रित रहनुको विकल्प देखिन छोडेको छ । यो अवस्थामा काङ्ग्रेसले विद्यमान मोडलको सङ्घीयताको विकल्पमा विकेन्द्रीकरणको पक्ष लिन सक्यो भने काङ्ग्रेसप्रति मानिस आकर्षित हुने बलियो आधार खडा हुने सम्भावना छ ।
यतिबेला काङ्ग्रेस विचार, दर्शन र सिद्धान्तलाई भन्दा समसामयिक अर्थात् तात्कालिक मुद्दाहरू बोकेर आफूलाई स्थापित र विपक्षी कम्युनिस्टलाई विस्थापित गर्ने सोचमा केन्द्रित छ । जब कि वैचारिक धरातल सुदृढ नबनाएसम्म सामयिक मुद्दाका आधारमा काङ्ग्रेसको शक्ति पुनर्वहाली हुने स्थिति छँदै छैन ।
त्यसैगरी राजसंस्थासमर्थकहरूको विश्वास जित्नका लागि पनि काङ्ग्रेसले तत्परता लिन आवश्यक छ । यसअघिका दुई निर्वाचन (२०७० र २०७४) मा राजसंस्थासमर्थकहरूको मत एकपटक कमल थापाले समेटेका थिए भने पछिल्लो निर्वाचनमा त्यो मत राष्टूवादको नाममा कम्युनिस्टतिर सरेको देखिन्छ । राजसंस्थासमर्थकहरूको मत आफूतिर आकर्षित गर्न काङ्ग्रेस पूर्णतः असफल रह्यो । त्यसैले राजसंस्थासम्बन्धी विषयको टुङ्गो जनमतसङ्ग्रहमार्फत लगाउने नीति काङ्ग्रेसले लिएको अवस्थामा मात्र समर्थकहरूको समर्थन काङ्ग्रेसलाई हुन सक्ने सम्भावना रहन्छ ।
साभार ः घटना र विचार ।

प्रतिक्रिया दिनुहोस्