यस्तो छ, उहियाको नालीबेली
यदु अधिकारी
गोरखा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुसामाजिक र बहुपर्यटकीय ऐतिहासिक संगम स्थल हो । प्रकृतिदेवीले नेपाललाई स्वर्ग सदृश बनाएकी छिन् । गोरखा जिल्लालाई पनि प्रकृतिदेवीले सुरम्य बनाई जिल्लालाई हिमालरूपी मुकुटले सुशोभित बनाएकी छिन् । अनगिन्ती ताल, पोखरी र नदीनालाले जिल्लालाई सिंञ्चित गरेकी छिन् । वनपाखा पखेरामा हर्किएका वृक्षहरूको पातले पंखाको काम गरेका छन् भने त्यहाँका जडिबुटीले गोरखालीलाई सुस्वस्थ बनाएका छन् । यस जिल्लाको पर्यटकीय मार्गलाई माथिल्लो मनास्लु र तल्लो मनास्लु भनी विभाजन गरिएको छ । तल्लो मनास्लुको धार्चे गाउँपालिका साविक उहिया गा.वि.स. प्राकृतिक दृष्टिले मनोरम भए पनि दृश्यावलोकन गर्नेहरूको दृष्टि पुगेको देखिदैन । गुम्दा, लाप्राक र सिर्दिबाससँग सीमाना जोडिएको यो गाउँ बूढी गण्डकीदेखि हिमालको फेद ठूलो दूध पोखरीसँग पैmलिएको छ । त्यहाँको स्थानीय भाषामा उही ( गाउँ, हिमाल, या ( आलु, जसको अर्थ हिमाल देखिने गाउँ वा प्रशस्त आलु हुने ठाउँ भन्ने बुझिन्छ ।
बूढी गण्डकी
अठारसय खोलाबाट बगेको नदी सिर्दिबासको जगत, उहियाको तातोपानी हुँदै तल बगेको छ । भोट खोला जाने एकपाइले भीर त्यहाँ छ । बूढापाकाहरू नून लिन जाँदा भोर्लाको पातले आँखालाई छेकी नदी तर्पm नहेरी कुनामात्र हेरेर बाटो काट्थ्थे रे । हाल त्यसको नजिक यारू बगरमा क्यान्टिलिभर पुल बनाएर यात्रालाई सहज बनाएको छ ।
तातोपानी
गोरखाको उत्तरी भेगमा पर्ने उहिया गाविस वडा नं. ७ मा पर्ने तातोपानी बुढीगण्डकीको तिरैतिर हुँदै ३ दिनको पैदल यात्रावाट पुग्न सकिने पर्यटकीय क्षेत्र हो । तातोपानी क्षेत्र प्रसिद्ध मनास्लु र उत्तरी नाकाबाट तिब्बत जाने मूल वाटोमा पर्ने भएकाले पर्यटकहरू तथा गोरखाको उत्तरी भेगका छेकम्पार, विही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिवास, चुम्चेत लगायत गाविसका वासिन्दाहरू यहि वाटोभएर हिंड्ने, तातोपानीमा नुहाउने गर्छन् । तातोपानीका धेरै मुहान हुन सक्ने संभावना भए पनि हाल सम्म जम्मा पाँचवटा मुहानको पहिचान भएको छ, यी मुहान ४ वटा उहियामा र एउटा केरौंजामा रहेका छन् । यी मूलहरू अग्ला अग्ला पहाडको चट्टानहरूको पिंदवाट अर्थात् पहराको छिद्रवाट अनवरत रूपमा वगिरहन्छन । स्थानीय वासी यी मूलहरूलाई भगवानको उपहार मान्छन ।
तातोपानीको उत्पतिका सम्वन्धमा आधिकारिक र तथ्यहरूवाट पुष्टि हुने प्रमाणको खोज हुन सकेको छैन् । किंवदन्ती अनुसार तोतोपानी को मूल निस्केको ठूलो ढुङ्गे पहरो माथि दिङला डाँडा भन्ने ठाउँ छ, प्राचीन कालमा तिब्बती व्यापारी यही वाटो भएर आउँदा पहराको भित्तामा देवीको मूर्ति देखेर टाउका ेमा समातेर तान्दा मूर्ति पहरो भित्र लुक्यो । यो विपत्तिकाकारण देवीले अतालिएर पिसाव गरिन् त्यो नै तातोपानी हो भन्छन । दिङलाको पहरोमा अहिले पनि देवीको मूर्ति आकृतिको मानव स्वरूप देख्न सकिन्छ । ०१६ साल भन्दा अगाडि तातोपानीमा चोयाको तुइन थियो । यो तुइन तर्दा सैनिक जवान डोरी चुँडिएर मरे अनि रातभरि स्थानीयहरूले त्यहाँ वसेर विरहको गीत गाएर रात विताएका थिए । त्यसपछि त्यहाँ पक्कि पुल वनेर जात्रा लाग्न थालेको हो भनी स्थानीय वक वहादुर लामा र राम वहादुर गुरूङले वताए ।
स्थानीय विश्वास अनुसार यहाँ स्नान गर्नाले लुतो, दाद, छालाका खटिराहरू, जोर्नी दुख्ने आदि निको हुन्छ । माघ १५ देखि १९ सम्म यहाँ ठूलो मेला लाग्छ । यो मेला भर्न गोरखाका छिमेकी जिल्लाहरू लम्जुङ्ग, तनहुँ, धादिङ्गका श्रद्धालुहरू आउने गर्छन् । टाढा(टाढावाट आएका तीर्थालुहरू वीच चिनापर्ची भई मेलाको अन्तिम दिन मीत, मीतिनी लगाउने चलन पनि छ । यसलाई मीत जात्रा पनि भनिन्छ । (स्रोतःगंगावहादुर गुरूङ, वक वहादुर लामा, टेकवहादुर गुरूङ)
लम गुरुकङ
गुरू पद्यसम्भवले भोटखोलादेखि सम्याउदै आउँदा ठूलो ढुङ्गो फाले रे । बिहान उज्यालो भएर अन्र्तध्यान भए रे । उनले फालेको ढुङ्गा ओढारको रूपमा चर्चित छ । त्यसलाई लमगुरूगङ भनिन्छ । त्यहाँ ४÷५ सय भेडा र ५० वटा गाई राख्न सक्ने ठाउँ छ । ओडारमाथि टोपी आकारको ढुङ्गा छ । त्यहाँ पानीको ताल रमणीय छ । दिङ्लादेवी
उहियामा यो मन्दिर छ । प्राकृतिक रूपवाट देवीको मूर्ति वनेको छ र मन्दिरको ढोका पनि प्राकृतिक ढुंगाको नै छ । पहराको वीचमा रहेको यस मन्दिरमा जाने आउने वाटो हाल सजिलो वनाइएको छ ।
ठूलो दूधपोखरी ः
प्रकृति पूजारीहरू भाँक्रीहरू र अन्य भक्तजनहरू प्रकृति देवीको विश्वासगरी ठूलो दूध पोखरीमा जनै पूर्णिमामा पूजा गर्न जान्छन् । यहाँ नुहाएर वा मुखधोएर पोखरी माथि आँखाराखी भित्र हेर्दा गाइ, भैंसी, भेडा आदि पशुको चित्र देखिन्छ भन्ने भनाइ छ । यसलाई सेतो पोखरीको नामले पनि चिनिन्छ, यो पोखरी उइया गा.वि.स. को उच्च क्षेत्रमा रहेको छ । झाँक्रीले मन्त्र भन्दै पूजा गरेपछि त्यहाँ लागेको कालो वादल हटी, असिना पर्दछन र घाम लाग्दछ । उच्च हिमाली क्षेत्र भए पनि चर्को घाम लाग्छ त्यहाँ घामले पोल्छ । विभिन्न जात जातिहरू धर्म गनै जान्छन । यो पोखरी घुम्नलाई करीव २ घण्टा ३० मिनेट लाग्छ, यसको उचाइ ४५०० मि. छ । पोखरी गोलाकार छ । घामलागे पछि पोखरीको आधाभागको पानी कालो देखिन्छ भने आधा सेतो देखिन्छ भनेर प्रत्यक्ष दर्शीहरू वताउँछन । यो पोखरी माथि हिम रेखा छ । यो पोखरीमा र्सििदवास, उहिया तथा वारपाक, लाप्राकको वाटो हुँदै जान सकिन्छ । यो पोखरीको पानी ५०० मि. तल निस्कन्छ जसलाई भालु खोला भनिन्छ । यो पानी जगतमा मिसिन्छ । यो पोखरी र्सििदवास र उहियाको सीमाना मानिन्छ । पोखरीको छेउमा हाँगा फैलिएको जस्तो ठूलो ढुङ्गा छ त्यहाँ झाँकीले पूजा गरेर मात्र पोखरीमा नुहाउँछन (स्रोत ः गंगावहादुर गुरूङ्ग)
उहियाँ गाउँ सदरमुकामदेखि २६ कोश टाढा पर्दछ । बूढी गण्डकीको तीरदेखि ठूलो दूधपोखरीसम्म उच्च रहेको यस गाउँलाई हिउँले ढाकिएको पहराले छुट्टयाएको छ । खोर्ला (पराक्रमी) कोट जस्ता अनगिन्ती पुरातात्विक पर्यटकीय सम्पदा छ । यहाँ दिङलादेवी, खोर्ला र उहियाँ गाउँमा पर्दछ । भीरको बीचमा रहेको यहाँ देवीको अनुहार छ, ढुङ्गाको नै ढोका छ । पाप लागेमा पूजा गर्नुपर्छ भन्ने धारणा छ (गंगा ब. गुरुङ्ग) । दिङलादेवी वडा नं. ८ र ९ को बीचमा पर्दछ । त्यस्तै गरी लेकमा ९ धारा छ । त्यहाँको भाषामा छ्योमागु भन्दछन् । बोली नफुटेको बच्चालाई ९ धाराको पानी खुवाएमा वा पानी छर्केमा बोल्दछ भन्ने धारणा छ (विश्वकुमार गुरुङ्ग) । त्यहाँ डरलाग्दो तामा जस्तो ढुङ्गा भएको ताम्लाभीर छ, त्यहाँबाट खसेमा बुढी गण्डकीमा पुगिन्छ । एकपाइले भीरको रुपमा चिनिएको कहालीलाग्दो भीरको बयान उपल्लो थलोमा मोहन मैनालीले पनि गरेका छन् । यहाँका प्रसिद्ध तीर्थस्थलहरुमा सातकन्यादेवी, जलदेवी आदि पर्दछन् । यहाँको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उत्तरको उत्कृष्ट कोट मध्ये खोर्लाकोट पनि एक हो । यस कोटमा घले राजाले राज्य गरेको थिए । यहाँका हातहतियारहरु पुराना अभिलेखमा छाप छ । लापू र खोर्लाको राजाको बीचमा युद्ध हुँदा ढुङ्गाको पोलमा तीर छिरेको प्वाल अभैm पनि छ । पुराना हातहतियारहरु, शंख, देवीको मूर्ति त्यहाँ छ । दशैंमा मात्र ती हतियारहरुलाई निकालिन्छ । तल लुङकेत (निम्रुङ्ग) खोलाबाट मुखिया खलकले बोकेर लगेर ओछयाएको ढुङ्गो आजसम्म पनि छ (शेर बहादुर गुरुङ्ग) । त्यहाँ पुरानो खिन्चु लामाले रेखदेख गरेको थिए ।
मुखिया भरबल गुरुङ्गले आज भन्दा सातपुस्ता अगाडि नेपाली कागजमा लेखेका कुराहरु पाइएको छ (स्रोत ः शेरबहादुर गुरुङ्ग)
खोर्लाका घले राजाले खुकुरी छोडेर दाप लिएर गएर बारपाकमा गुरुङ्ग दाजुभाइको निसाफ छिनी राजा भएका हुन् भनी मास्टर मनीराम घले र सुबदार मनधने गुरुङ्गले २०५१ सालमा बताएका थिए । खोर्लाकोट नजिकै माने छ, दशैंमा दुर्गा भवानीको पूजा गरी रातभर जाग्राम बसी भेडाको बली दिइन्छ (टेक बहादुर गुरुङ्ग। सातकन्या विद्यालयको मुनि रेला गाउँमा पीङ जस्तो हल्लिने ठूलो आकर्षक मनोरन्जात्क ढुङ्गो छ, पर्यटकीय रुपबाट यसको महत्व छ (छिरीङ गुरुङ्ग, प्रितम गुरुङ्ग र सीता गुरुङ्ग) । यहाँ खोर्लाकोटको नजिकमा लम्रमा ढुङ्गाको नागनागेनीको मूर्ति छ । कोटमा पर्खालको अवशेष छ, जाँतो र ओदानको पुरातात्विक रुप देखिन्छ । यहाँ विजुली निकालिएको छ, मुखियाको वंशावली र इतिहास सुरक्षित राखिएको छ (शेरबहादुर गुरुङ्ग र दिलबहादुर गुरुङ्ग) । कोटका हातहतियार पनि सुरक्षित छन् ।
निम्रुङ खोलाको झर्नाले खोर्लालाई आकर्षक थपेको छ । यहाँका गुरुङ्ग हरु रुम्जाटारबाट सातपुस्ता अगाडि आएका थिए, मुखियाका बाजे ठसान गुरुङ्ग सारै बलबान थिए, उनले रैजो खोलाबाट बोकेको ढुङ्गा सिंङलामा अद्यावधि पनि छ । लुङकेत खोलाबाट २६ कि.वाट विजुली निकालेर खोर्ला गाउँलाई झल्मल्ल बनाइएको छ । यस गा.वि.स.मा १ मा.वि. १ नि.मा.वि. ३ प्रा.वि. छन् । १६६० मि. उचाइमा रहेको सातकन्यादेवी मा.वि.खोर्लाकोट स्थापना २०२१ सालमा भएको हो । २०६५ सालमा नि.मा.वि. र २०६८ सालमा मा.वि. भएको यस विद्यालयमा ३ वटा मात्र प्रा.वि. दरबन्दी छ । ९ जना शिक्षक र १ जना कार्यालय सहायकलाई विद्यालयले निजी स्रोतबाट तलब खुवाउनु पर्दछ । १८ सय खोलामा रहेको यस विद्यालयको अविभभावक हरु गरिब, निमुखा र सदरमुकामको सुविधाबाट बन्चित छन् । खेतीपाती, पशुपालन, चोयाका सामानहरु र राडी पाखी पनि जीविका चलाएका यी सोझा व्यक्तिहरुलाई प्राविधिक ज्ञान छैन । निरमसी, पाचऔले, यार्सागुम्बा र बनलसुन जस्ता अनगिन्ती जडीबुटी भएर पनि फाइदा लिन सकेका छैनन् । तिनीहरुलाई सीप र प्रविधि सिकाउनु राज्यको कर्तव्य हो । त्यहाँ प्रसिद्ध ठूलो दूधपोखरी छ, यसलाई नारायण पोखरी पनि भनिन्छ । ३ पटक घुम्दा रात पर्ने यस पोखरीको छेउमा हागाँ पैmलिएको ठूलो ढुङ्गा छ । त्यहाँको मूलको पानी ५०० मि. तल भालुखोलाको नामले निस्किएको छ । लेकमा छोकर पोखरी, छानक पोखरी दाहिने तिर पर्दछ । त्यहाँ गएमा मानिस मर्दछ भन्ने भनाई छ ।
उहियामा ऐतिहासिक, पुरातात्विक, सामाजिक, सांस्कृतिक, प्रचुर प्राकृतिक सम्पदा छ । पर्यटकलाई विश्वास जितेर गोरखा र उहियाको प्राचीन, आधुनिक कला, जातजाति, संस्कृति र भेषभूषा देखाएर मन जितेमा नेपाल, गोरखा साथै उहियाबासीको कल्याण हुनेछ ।
(लेखक ः गोरखा क्याम्पसमा प्राध्यापनरत उपप्राध्यापक हुन् ।)




