| बिहिबार, असार २४, २०८३

झाँक्री गुफा

यदु अधिकारी ।
नेपालका विभिन्न गाउँ घरमा झाँक्री र झँक्रिनीको वारेमा चर्चा परिचर्चा गरेको सुनिन्थ्यो । पानी झाँक्री र वन झाँक्री हुन्छन् भनेर पूजा पनि गरिरहेका देखिन्छ । झाँक्रीले लान्छ,पढाउँछ । झँक्रिनीले खाओे भन्छे ,झाँक्रीले खान मान्दैन । छ महिना पछि फलानो भागेर आगएको थियो भन्ने किंवदन्ती सुनाउँछन् । गोरखामा पनि धेरै ठाउँमा झाँक्री रह,झाँक्री ओडार वा गुफा धेरै छन् भनेको सुनिन्छ ।

गोरखा न पा वडा नं ८ को रानीवनमा झाँक्री गुफा छ।पहरा मुनि रहेको यस गुफामा पहिले झाँक्री बस्थ्यो रे । तल झाक्रीढुङ्गामा झाक्रीलाई पुकारा गरेर, धुप हालेर, भोज भतेरको लागि भाँडा कुँडा मागेमा दिन्थ्यो रे । पछि एउटाले चाडपर्व सकिएपछि जुठै भाँडा झाक्रीढुङ्गामा राखिदिएछ । त्यसपछि भाँडा दिन छोडेको थियो भनी ९२ वर्षीय मानबहादुर र ९७ वर्षीय नेत्रबहादुर अधिकारीले बताए । यहाँ बस्ने वातावरण नभएपछि झाक्री यहाँबाट छिम्केश्वरी गयो भन्छन् ।

हामीहरुले तल झाँक्री ढुङ्गामा सँधै बैशाख पूर्णिमामा पूजा गरिरहेका छौ । गुफा भित्र पनि जान सक्नेहरुले झाँक्रीलाई पूजा गरेका थिए । आज भन्दा ३०÷४० वर्ष पहिले ईश्वर खत्री, भुवन, कृष्ण र देवहादुर अधिकारी लगायत धेरै स्थानीय युवाबालकहरु भित्र गएका थियौ भनी ईश्वर खत्रीले सँग बताए । चिलौनेको रुखबाट फड्केर वा चुच्चे ढुङ्गाको खुड्किलोकमा समातेर गुफामा जानु पर्दछ ।

चट्टान फुटेर ढोका बनेको छ निहुरेर कोल्टे परेर भित्र १०मिटर जति छिरे पछि सम्म ठाउँछ । अग्लो बुटै बुटा भएको सोली परेको चट्टान छ सम्म छ । बस्न मिल्ने प्राकृतिक रुपबााट बनेकोपेटी पनि छ । चमेराका गुडहरु छन् लाइट बालेर देव्रेतिर हेर्दा डर लाग्दो खाडल देखिन्छ बस्न मिल्ने पेटी पनि छ ढुङ्गा खसाल्दा तल जान्छ । देव्रेतिर ओर्लने खुड्किलो छ डर लाग्दो कालो देखिन्छ ।

दाहिने तिरसम्म रमाइलो ठाउँ छ भनेर बताए । पातीको सिट्ठा बालेर पनि धेरै वर्ष गोठालाहरु गएका रहेछन् । बाहिर निस्केर पहरा पहरै साल्मेको बोट समातेर युवाहरुले वारपार गर्दै तल माथि गरेका पनि रहेछन् । ९२ वर्षीय मानबहादुर अधिकारी, ९३ वर्षीय कुलबहादुर खत्री र ९७ वर्षीय नेत्रबहादुर अधिकारीले बताए । आज भन्दा ७५ वर्ष अगाडि त्यहाँ भित्र गोठालो जाँदा सिठा बालेर पसेको थिएँ भनी अधिकारीले आफ्नै घरमा मसँग बताए।बिहान बेलुका २ पटक झाँक्री र झँक्रिनी रानीवनको धारामा नुहाउन आउँथे ।

झँक्रिनीको ३ हात स्तन थियो त्यसैले झक्रिनी भनेर भनिएको हो भनेर बताए । बिहान बेलुका तल धारामा नुहाउन जाँदा १०÷१२ वर्षको राम्रो खेलिरहेको केटालाई देखेछन् । त्यसलाई झाँक्री र झँक्रिनीले गुफामा लेछन् । झँक्रिनीले खाओे भन्दा यति राम्रो मान्छेलाई खान हुँदैन भनेर छमहिना सम्म पढाएछ । एक दिन सुटुक्क बाहिर निस्केर भागेर आएछ । त्यसलाई हामीले देखेका थियौं । पछि हामी जस्तै साधारण भएर जीवन बिताएको थियो ।

त्यहाँबाट छोडेको कुखुराको चल्ला ६ महिना पछि गोनपा ५ को दुलेदेवताको स्थानमा बासेर निस्किएको थियो भनी बाउ बाजेहरुले सुनाएका थिए भनी खुशी साथ बताए । तल वर्षनि पूजा गर्ने झाँक्री ढुङ्गा छँदैछ । गोरखनाथ गुफा नजिकै भुङ्रगे पाटीमा पकाएको भुङ्ग्रे रोटीको बास्ना यस गुफामा आउँछ भनेर पनि सुनाए ।

गोरखा दरवार नजिकै रहेको यस अनकन्टार गुफामा शत्रुबाट बच्न यहाँ हतियार बचाउन रामशाह र पृथ्वीनारायण शाहले लुकाएका थिए भनेर सदरमुकाम बासीहरु बताउाछन् । यहाँका हतियारहरु एकीकरणको युध्दमा प्रयोग गरेका थिए । युध्दमा विजय भए पछि यहाँ तरवार खुकुरीहरु ल्याएर राजाहरुले राख्न लगाएका थिए । रगत नपखालेका हुनाले वाघले तर्साएछ । पछि हतियारको रगत पखालेर धुप दिए पछि शात्त भएको थियो भनेर बताए ।

यहाँको वातावरण हेर्दा थली परेको पुराना रुखहरु कटुस, चिलाउने, सिमल, तिदू(खल्लु), साल र भीरमा साल्मेका गाँजहरु देखिन्छन् । सिडी लगाएर राम्रो बाटो बनाएको देख्दा स्थानीय श्रेष्ठ म खुशी पनि भषौ । यस गुफामा पहिले सजिलो सम्हग जान सकिने रहेछ भनेर अनुमान गर्न सकिन्छ । १८ओे शताव्दीको, १९९० सालको भूकम्प र २०११ सालको वाढीका कनरणबाट पहिरो गएको अनुमान गर्न सकिन्छ ।

किन भने कुहिरे भीर वा सुनडाँडाबाट पहिरो गएका कारणकाट तल ठूल्ठूला ढुङ्गा तल देखिरहेका छौ । गोरखाको पर्यटकीय क्षेत्रमा महथ्व राख्ने यस गुफामा जान सजिलो सिडी बनाएर सके पछि उक्लने ओर्लने सजिलो भ–याङ्ग र सुरक्षित बार बनाएर प्रचार गर्न सकेमा गुफा हेर्नेहरुको घुइँचो लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्