| बुधबार, साउन २६, २०८३

बन्द गरौं प्रिण्ट संकरण !

प्रशन्न पोखरेल ः सन् ५ सय वर्षमा चीनले कागजको बिकास गर्याे । कागजमा अक्षरहरु सजाएर कितावको रुप दिन झण्डै साढेँ ३ वर्ष पर्खनुर्पयो। चिनियाहरुले नै सन् ८६४ मा पहिलोपटक किताव निकाले। बुद्ध नामक। यसबेला छाप्ने मेसीन थिएन हातैले लेखेर किताव छाप्नुपर्ने बाध्यता थियो।
सन् १४५६ मा गुटनवर्कले प्रेस विकास गरे। पहिलोपटक ३ सय प्रति बाइबल छापियो। किताव छाप्नका लागि प्रिन्टर सहयोगी त बन्यो तर पढ्ने मान्छे धेरै थिएनन्। शिक्षित वर्ग धेरै थिएन। यी बाइबलहरु फ्रान्स पेरिस पठाइए जहाँ एलिटहरु (राज्यका हुने खाने वर्ग) बसोबास गर्थे। उनीहरु साक्षर थिए। शिक्षाप्राप्तिका लागि र धर्मका खुराक थाह पाउन उनीहरुले बाइबल पढ्न थाले।
बिस्तारै मनोरञ्जनात्मक शैलीका किताबहरु छापिन थाले। केही समय किताबले नै अहिलेकोजस्तो मासमिडियाको रुप लियो। विज्ञापनमार्फत प्रचार गर्ने काम पनि किताबको प्रयोगबाट गरिए। जब गुटेनवर्गले प्रेस मेशीन विकास गरे त्यसपछि पत्रिका छाप्ने काम संभव देखियो। सन् १६३१ मा फ्रान्सेली नागरिकले पत्रिका निकाले । उक्त पत्रिकाको नाम हो ( फ्यांकफुर्ट जर्नल ।
यसको करिव ७४ वर्षपछि संसारमा पहिलो म्यागेजिन निकालियो। रिभ्यू नामक। किताब र पत्रिका प्रकाशनपछि बिद्युतिय संचार माध्यम पनि प्रशारणमा आए । बिबिसी रेडियो सन् १९२२ मा बेलायतबाट प्रशारण थाल्यो र यसको ८ वर्षपछि बिबिसीले टेलिभिजन पनि सुरु ग¥यो । टिभी प्रशारण संभव भएपछि पत्रकारिताले थप फड्को मा¥यो। दोस्रो विश्वयुद्धताका प्रायगरी रेडियोलाई प्रचार गर्ने माध्यमका रुपमा प्रोप्रोगान्डा गर्न प्रयोग गरियो। सन् १९३८ देखि १९४५ सम्म चलेको विश्वयुद्धका बीचमा सन् १९४२ मा अमेरिकाले भ्वाइस अफ अमेरिका टिभी र रेडियो संचालन ग¥यो, युद्धको बारेमा प्रचार गर्ने मनसायसहित ।
विश्व पत्रकारिताको इतिहासले गति लिएको सन् २०४५ पछि हो। जुन समय रेडियोको मात्र होइन टिभीको पनि स्वर्ण युग बन्यो। सन् १९५५ तिर रेडियोलाई टिभीले यसरी विस्थापित गरिदियो कि घरका भित्तामा रेडियो झुण्डिए मात्रै बजेनन्। बजाइएन। सुन्न कम गर्दै लगियो। टिभीले दर्शकको ध्यान खिच्यो । विश्वका विकसित देशहरुले रेडियोको स्वर्णिम समय मनाइरहेका बेला नेपालमा भने सञ्चारमाध्यम खुलेकै थिएन। सन् १९५० मा रेडियो नेपाल खुल्यो। तर नेपालीहरुलाई रेडियो सुन्ने बानी यसअघिदेखि कै लागेको हो। भारतले सन् १९३६ मा अल इन्डिया रेडियो प्रशारण थालेपछि केही नेपालीका घरमा यसको पहुँच थियो । नेपालले सन् १९८५ तिर मात्रै टिभीको मुख देख्न पाए। त्यसबेला नेपाल टेलिभिजनले प्रशारण थालेको हो। नेपालमा टिभी खोल्न योगदान दिने तत्कालिन राजा बीरेन्द्र हुन्। उनले टिभी खोल्न बजेट बिनियोजन गरिदिए। नेपालमा टिभी खोल्ने कुरा पञ्चायतकाल वि.सं २०३८ साततिरै सुरु भएको थियो । नेपालको सन्दर्भमा संचार क्षेत्रको विकास पहिलो जनआन्दोलन वि.सं २०४६ पछि २०४७ मा बनेको नेपालको संविधानपछि हो। जसमा प्रेस स्वतन्त्रताबारे उल्लेख गरिएको थियो। नेपालमा संचारमाध्यमको अवस्था कति विकराल थियो भन्ने त जनताका घरमा रेडियो राखेबापत राज्यले कर लिन्थ्यो, पञ्चायत कालमा । नेपालमा संचार माध्यमको स्थापनामा निजी क्षेत्रको लगानी सुरु हुनुमा वि.सं २०४९ सालमा ल्याइएको राष्ट्रिय प्रशारण ऐन तथा ०५२ मा ल्याइएको राष्ट्रिय प्रशारण नियमावलीलाई भुल्न हुँदैन। ऐन र नियमावलीलाई आधार मानेर राष्ट्रिय दैनिक पत्रिकाहरु तथा एफएम रेडियोहरु खुले। पहिलो पटक रेडियो नेपाल नै १०० मेगाहर्जमा प्रशारण हुन थाल्यो। वि.सं २००७ सालमा स्थापना भएको रेडियो नेपाललाई एफएममा जाने बाटो खुल्न ४३ वर्ष लाग्यो । सन् १९९० मा टिम वर्नरले डब्लुडब्लुडब्लु पहिल्याए। जसलाई वल्ड वाइड वेभ समेतले चिनिन्छ। कम्युटर र कम्युटिङको प्रयोगले ठाउँ लिन थाल्यो। विश्वमा छापा तथा विद्युतीय संचारमाध्यमलाई इन्टरनेटले विस्थापन गर्न सुरु र्गयो। नेपालमा नास्टले सन् १९९४ मा पहिलोपटक मेल सेन्ड गरेर इन्टरनेटको प्रयोग सुरुवात ग¥यो । सन् २००० मा काठमाडौंपोस्टडटकमले आफ्नो अनलाइनमा न्युज राख्यो, जुन दक्षिण एशियामै पहिलो मानिन्छ। सन् २००२ मा कामना प्रकाशनले न्युजअफनेपाल डटकम संचालन ग¥यो। विस्तारै अनलाइन खुल्न थाले । नेपालमा अनलाइन न्युज पोर्टल खुलेको १८ वर्षको अबधिलाई नियाल्दा के भेटिन्छ भने अहिले सबैभन्दा लोकप्रिय संचारमाध्यम अनलाइन भएको छ। छिनछिनका समाचार तपाइँका हातहातमा। पैसा तिरिराख्न पनि नपर्ने पसल पसल चहार्दै पत्रिका किन्नु पनि नपर्ने। फोटो, भिडियो, स्क्रीप्ट सबै एकैसाथ हेर्न मिल्ने। देशमा अहिले ५० हाराहारीमा टिभी, ७०० हाराहारीमा एफएम रेडियो र एक हजार हाराहारीमा अनलाइन न्युज पोर्टल संचालनमा छन् । नेपालमा मेनस्टिम पत्रपत्रिका विकास भएकै समयतिर गोरखामा पनि पत्रिका प्रकाशन भएको हो। पहिलो समाचारमूलक पत्रिका हो(दरौंदी। द्वन्द्वको चपेटामा सकसपूर्ण तवरले पत्रिका प्रकाशन गरिएको, छपाइका लागि राजधानी तथा चितवनका प्रेस धाउनुपर्ने, कम्युटर टाइपिस्टको अभाव, रिपोर्टर अभाव, आर्थिक अभाव तथा पाठक पनि अभाव हुँदा पत्रिकाले भनेजस्तो प्रगति हासिल गर्न सकेन । पत्रिकालाई सुरुवातकालमै तत्कालीन माओबादीले आफूविरुद्ध आलोचनात्मक प्रकृतिका लेख छापेकै कारणले हुनुपर्छ कांग्रेसी पत्रिकाको धब्बा लगाइदियो। कालान्तरमा यो पार्टीको मुखपत्र होइन जनताको निष्पक्ष आवाज बुलंन्द गर्ने पत्रिका हो र यो स्वतन्त्र छ भन्ने पुष्टि गर्न दशक प्रयास गर्नुप¥यो। अहिले पनि भ्रम छ कि आफूविरुद्ध वा आफ्नो सोचविरुद्ध समाचार प्रकाशित भएमा चोकमा बसेर नारदलाई जित्ने गरी कुरा काट्ने प्रवृत्ति । द्वन्द्वकालको निकै प्रतिकूल वातावरणबाट दरौंदी पत्रिका संघर्ष गर्दै आजको दिनमा आइपुगेको हो। यस पत्रिकालाई सम्झदै गर्दा रेडियो गोरखा, रेडियो मनास्लु, रेडियो गोरखकाली, च्वाइस एफएम, रेडियो मातृभूमी, हर्मी एफएम, रेडियो मनकामनालगायतले गरेका भूमिकालाई नेपथ्यमा राख्न सकिँदैन। छापातिर चल्दै बन्द हुने मौसमी पत्रिका गोरखा सन्देश, गोरखा हलचल, गोरखा ध्वनी, गोरखा हट न्युजलाई पनि विर्सनु इतिहासप्रति अपमान हुनसक्ला । विगत केही वर्षदेखि सुरुवात र गोरखा समाचार दरौंदीजस्तै सलल वगिरहेछन् । अहिले जस्तो मिडियामा लगानी, प्रविधिको विकास हुँदो हो भने गोरखाका पहिलो पुस्ताका पत्रकारहरु अहिले मेनस्टिमका संचारमाध्यम हाकिरहेका हुने थिए। किशोरजंग थापा, भीमलाल श्रेष्ठ, कैलाशबाबु श्रेष्ठ, रामशरण आचार्य, आत्मराम श्रेष्ठ, शिव उप्रेतीहरुले कठिन परिस्थितीमा पत्रकारिता बचाएकै हो। यस भन्दा पहिला पनि दण्डप्रसाद पूडासैनीले पत्रकारितामा मेहनत गरेकै हुन्, तर उनी लामो समय टिक्न भने सकेनन् । पत्रकारिता गर्न गाह्रो छ। किनभने यो सहरिया एलिट र उनीहरुका छोराछोरीले गर्ने पेशा होइन । त्यस्तो हुन्थ्यो भने नुवाकोट, खोटाङ, सिन्धुपाल्चोकदेखि रिपोर्टर गोरखामा खटाइराख्नुपर्ने थिएन । गोरखामै भनेजति पत्रकार उत्पादन हुन सक्ने थिए । किराना पसल खोल्ने, फेन्सी खोल्ने ब्यापारी बढ्ने गोरखामा किन पत्रकारिता गर्ने पत्रकार बढेनन्? यो प्रश्नको सहज उत्तर पैसा आम्दानी हुँदैन र थ्रेड थेग्न सकिँदैन भन्ने नै हो ।
कुनै समय थियो पत्रकारितामा पैसा थिएन । भए पनि मिडिया हाउसले समयमै दिदैनथें। पहिलेजस्तो मेहनत र अहिलेजस्तो पैसा (पारिश्रमिक) हुन्थ्यो भने किशोरजंग थापाको पालाका पत्रकारहरु अर्काको घरमा भाडा बुझाएर बस्न पर्दैनथ्यो आफैँ घर ठड्याएर अरुलाई भाडामा लगाउन सक्ने हुने थिए । अहिले सिडियोको भन्दा सामान्य रिपोर्टरको तलव बढी हुन थाल्यो। यदी उसले राम्रो गहिरो गरी खोजीपूर्ण रिपोर्ट ल्याउन सक्यो भने एउटै समाचारबाट लाख बढी पारिश्रमिक पाउन थाले। पहिले कहाँ यस्तो थियो र? समाचार लेखेर पठाउन फ्याक्स खर्च पनि बाबुआमासँग माग्नुपर्ने अवस्था थियो । अब हामी विस्तारै डिजिटलतर्फ ढल्किएका छौं। सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नेपालखबरजस्ता मेनस्टिम अनलाइन पत्रिकाको प्रिन्ट संस्करण छैन र पनि अब्बल छन्। कुन समाचार कति जनाले पढे भन्ने प्रस्ट थाह पाउँछन । पाठकको रुची कस्ता समाचारतर्फ छ र कस्ता सूचना चाहिरहेका छन् विश्लेषण गर्न सक्छन्। विस्तारै पत्रिकाको प्रिन्ट प्रति घटेको छ। हिजो तीन लाख प्रति छाप्ने पत्रिकाहरु अहिले एक लाख प्रतिमा झरेका छन् ।विज्ञापन बजार डिजिटल पत्रिकाले लिन थाल्यो। विज्ञापन नभएपछि कसरी चल्छन् पत्रिका? हो दरौंदीले पनि आफूलाई चिनिसकेको छ। उसले डिजिटल भर्सन दरौंदीडटकम सुरु गरिसकेको छ। अरु अनलाइनहरु पनि खुल्ने क्रममा छन्। मलाई आफैँ नमजा लाग्दालाग्दै मैले अब प्रिन्ट संकरण बन्द गर्न दरौंदी प्रकाशन समूहलाई आग्रह गर्दैछु। नमजा यसकारण कि दरौंदीले एकरदुई हजार गरी संकलन गरेको पैसाले २ वर्ष अघि मात्रै आफ्नै प्रेसबाट पत्रिका छाप्न थालेको छ । गोरखा बजारमा पत्रिका छापेर पाठककहाँ पुर्याउन गाह्रो छ। यो खर्च मात्रै हो। गोरखा बजारबाहेक छेपेटार १२ किलो, लक्ष्मीबजारमा पनि नियमित रुपमा पत्रिका वितरण गर्न सकिराखिएको छैन। समाचार प्रायगरी उत्तरी क्षेत्रका बढी हुन्छन्। जहाँको समाचार त्यही पत्रिका पुग्दैन अनि के अर्थ? तर अनलाइनमा पत्रिकाझैं दुख गरी खोजपूर्ण समाचार पोस्ट गर्न सक्नुभयो भने संसारले यो समाचार हेर्छ। हाम्रै सामागाउँ र छेकम्पारका जनताले सकेन्डमै समाचार थाह पाउँछन्। जहाँ इन्टरनेट पुगेको छ त्यहाँका जनताको हातमा स्मार्ट फोन छ, कम्प्युटर छ। पत्रिकालाई हुलाकीले र्पुयाउन हप्तौ लाग्छ। तर नेटवर्कले विना ढुवानी खर्च सेकेन्डमै समाचार संसारभर पु¥याइदिन्छ । सबैले हेर्न पाउँछन् । आज पत्रिकामा जे छाप्यो भोलि त्यही अनलाइनमा राख्ने प्रचलनले गर्दा प्रिन्ट संस्करणका अनलाइनहरु छन्रछैनन् पाठकलाई पत्तो छैन। बासी समाचार दिने अनलाइनको अब जमना गयो। पाठकहरु हरेकपल नयाँ समाचार खोजिरहेका छन् हो त्यही सूचनाको भोक परिपूर्ति गर्नका लागि प्रिन्ट संस्करण घिसार्ने होइन न्यु मिडिया अनलाइन चलाउनुपर्छ। अब ढिला नगरी अनलाइन भर्सनमा जाऔं जसले छपाइ तथा वितरण खर्च त घटाउँछ घटाउँछ यसले कति जनाले कुन समाचार पढे र कस्तो प्रतिक्रिया दिए भन्नेसमेत हामी थाह पाउँछौं र अघि बढ्न सहज हुन्छ । लेखक सेतोपाटी डटकम अनलाइनका लागि काठमाडौमा रहेर पोलिटिकल एन्ड करेन्ट अफियर्स विटमा समाचार लेख्छन् । उनले ५ वर्ष दरौैदीमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्