
सोझा गोरखाली के ही बोल्दैन ।

हिजो नेपाल आज नै गोरखा दरबारमा जन्मनु भएका श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाह गोरखानाथ बाबाको आर्सिबाद प्राप्त गरी साना साना बाईसी चौबिसि राज्यलाई एकै ठाउँमा समाबेस गरी नेपाल राज्य स्थापना गरी गोरखाको ईतिहास राखि गोरखाको गोरखकाली मन्दिरलाई शाह वंशहरुको कूल घरको रुपमा राखेको र विरविक्रम शाहको पालामा गोरखा पोखरीथोक बजारमा एक दरबार निर्माण गरेको अहिले जुन दरबार गोरखा संग्राहलय भनेर चिनिन्छ ।
हामी गोरखा बासी जनाताहरु त्यही गोरखा दरबार र संग्राहलय नाम लिएर दंग परेर बस्ने गरेका छौं । गोरखा दरबारको हालत यस्तो छ ५ बर्ष बितिसक्दा पनि भत्किएको दरबार निर्माण हुन सक्दैन सम्बन्धीत पूरातत्व विभाग कानमा तेल हालेर बस्छ । त्यो मात्रै होईन दरबार क्षेत्र भित्रको झण्डै ७०० रोपनी जग्गा आŠनो स्वामित्तको जग्गाहरुलाई संरक्षण र व्यवस्थापन केही गर्न सक्दैन, लथालिङ्ग भताभुङ्ग छ उजाड भएर बसेको छ । बाहीरी भक्तालु पर्यटकहरु आएर १० मिनेट हेर्ने र भुल्ने केही बनाउन सकेको छैन । गोरखकाली मन्दिर दर्शन गर्न आउने भक्तजनले भगवतिको मूर्ती समेत देख्न नपाउने भएकोले त्यसैलाई मध्यनजर राखि गोरखा नगर सुधार समिति बाट एक भगवतिको मूर्ती ल्याई जिल्ला न्यायधिस माननिय लिप्त बहादुर र तत्कालिन प्र.जि.अ. बाट उद्घाटन गराई राख्ने काम भयो । तर त्यसमा भक्तजनहरुले चढाएको भेटी बाकस भरी देखिन्छ सो रकम त्यहीका कर्मचारीहरुले चन्दा गरि राखेको छ । त्यसमा जम्मा भएको भेटिबाट भए पनि केही निर्माण मर्मत गर्न सकिन्थ्यो । जस्तै ः गोरखा दरबार वरपर चढ्ने सिढिँहरुमा स्टिलको रेलिङ्ग समेत यसै नगर समितिको सक्रियतामा राखियो ।
अहिले गोरखानाथ मन्दिर अगाडि खुड्किलोमा रेलिङ्ग भाचिँएर बसेको छ हेर्दैन । त्यहाँका हाकिम भनौदा सो रकमले मर्मत गरे पनि त हुन्थ्यो नी। अर्को उपल्लोकोट जाने बाटो सुधार गरी त्यसमा ध्यान जान जरुरी ठान्दछु । ४० जना कर्मचारी छन् । सुधारको काम भने केहि देखिदैन । अर्को तल्लो गोरखा दरबार संग्राहलय त्यस्तै छ । अलिकति पुरातत्व सामग्री टासिँनु बाहेक अरु केही सुधार छैन । ७० रोपनी जग्गा भएको संग्राहलयको पार्क हविगत त्यस्तै छ । कति हराभरा बगौँचा हरु हुनुपर्ने, फुलहरु फुल्न पर्ने केहि छैन उजाड छ । बाहिरी पर्यटक आएर भित्र छिर्दा व्यवस्थित बगौँचा भए २/४ घण्टा बिताउन सक्थ्ये तर केहि छैन । उदाहरणको नजिकैको हेटौडाको बिस पार्क, अर्जुन धारामा स्वदेशी तथा वाह्य पर्यटकहरु भिड लाग्छ ।
त्याहा एक बन्य जन्तु चराचुरुङ्गी छ अनि मात्र बगौँचा छ । अर्जुन धारामा देवस्थल निर्माण साथै १०८ धारा निर्माण गरी त्याहाका समितिहरुले व्यवस्थित गर्दै आएको छ । हामि कहाँ यत्रो ऐतिहासिक धरोहर भएकोलाई व्यवस्थित गर्न नसक्नु सम्बन्धीत निकायका कर्मचारीहरु के केलायर बस्छन् सबै जमिन चउँर भएर बाँझै बसेको छ । बगौँचाको स्वरुप केहि देख्न पाइदैन । त्यसकारण त्यहा भित्र भएका कर्मचारीबाट केही होला भन्न सकिन्न त्यसैले हामी गोरखा सदरमुकाम बासी चिन्तक दाजुभाईहरुले यस बारेमा ध्यान जान जरुरी ठान्दछु । यस गोरखा दरबार र गोरखा संग्राहलयको विकास हुनु नै गोरखा जिल्ला बासीहरुको विकास हुनु हो । गोरखा दरबार मन्दिरमा चढाँएको रकम, संग्राहलयमा टिकटबाट प्राप्त रकम चाहीँ कहाँ जान्छ थाहा छैन ।
त्यस कारण पुरातत्व विभागले यो दुवै ठाउँको लागि छुट्टा छुट्टै विकास समिति गठन गरिदिएमा यसले छिटै काचुँली फर्न सक्छ । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जाओस भन्न चाहान्छु । गोरखा जिल्ला भित्रको प्रभुद्ध व्यक्तिहरु धेरै जसो सबै पलायन भए बाँकी बचेँखचेँका पनि आŠनै रोजिरोटिमा लिप्त हुँदा यस्ता विषयमा ध्यान जान नसकेको महसुस हुन्छ । तर पनि आफु जन्मेको ठाउँ आफै बसि आएको ठाउँको गुलजाद गर्न सबै गोरखाबासी सचेत हौं ।
नगर क्षेत्र भित्र रहेको मुटुको ऐतिहासिक धरोहर गोरखकाली मन्दिर र गोरखा संग्राहलयको विकासको लागि गोरखा नगरपालिकाको ध्यान जान समेत अपिल गर्दछु । साथै प्रदेश र केन्द्रको जिम्मामा छ भनेर मात्र नबस्न नहुन अपिल गर्दछु ।




