| मङ्लबार, कार्तिक २४, २०८३

प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ अन्तराष्ट्रिय अभ्यास हो

विभिन्न सञ्चारमाध्यमका सम्पादक लाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट तारन्तार फोन आयो( भोलि शनिबार बिहान ठीक साढे ८ बजे प्रधानमन्त्रीज्यूले सम्पादकहरुसँग छलफल गर्ने कार्यक्रम छ, ८ बजे नै बालुवाटार प्रवेश गरिसक्नुहोला ।

शनिबार बिहान निर्धा्रित समयमा सम्पादकहरु बालुवाटारको गेटबाट भित्र छिर्दैगर्दा त्यहाँको हलमा क्यामेराहरु सजाइएका देखिए । केही अग्लो स्थानमा प्रधानमन्त्री बस्नका लागि सोफा सजाइएको थियो । छेउमा अन्य भीआइपीका लागि थप सोफाहरु थिए । ढोकाकै छेउमा जेरी, पुरी, तरकारीको प्रवन्ध गरिएको थियो । कार्यक्रमका बारेमा प्रधानमन्त्री निवास बालुवाटारबाट सञ्चारगृहमा दुईखाले सूचना सम्प्रेषण भएका रहेछन् । एकातिर बिहान साढे ८ बजे सम्पादकहरुसँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रम छ भनेर ८ बजे नै आउन भनिएको थियो । अर्को्तिर, बिहान ९ बजे पत्रकार सम्मेलन छ भनेर रिपोर्टरहरुलाई क्यामेरासहित आउन भनिएको रहेछ ।


खासमा आज पत्रकार सम्मेलन हो कि प्रधानमन्त्री र सम्पादकवीच अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ? हाम्रो प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ‘छिचरो’ जवाफ दिए ( ‘सम्पादक र रिपोर्टरवीच विभेद नगरौं, एकैठाउँमा रिपोर्टर र सम्पादकलाई राखेर कार्यक्रम गर्न लागिएको हो । आज प्रधानमन्त्रीज्यूले तपाईहरुका कुरा सुन्न बोलाउनुभएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा आइपुग्नासाथ प्रेस सल्लाहकार अर्यालले पत्रकारहरुले आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्न आग्रह गरे । तर, पत्रकारहरुले अर्यालको आग्रहप्रति अटेरी गरेपछि केहीबेरको मौनतालाई चिर्दै स्वयं प्रधानमन्त्री ओली बोल्न थाले ।बिहीबार राष्टूपतिले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा के छ भन्ने भूमिका प्रधानमन्त्रीले करिब १० मिनेटजति बाँधे ।

प्रधानमन्त्री ओलीले ‘म साथीहरुलाई जिज्ञासाका लागि अनुरोध गर्न चाहन्छु’ भनिसकेपछि पत्रकार ऋषि धमलाले पहिलो प्रश्न तेर्स्याए ।
शक्तिशाली प्रधानमन्त्रीले ल्याएको नीति तथा कार्याक्रमको कार्यान्वयनको आधार के छ ? दोस्रो कुरो, यो नेपाल सरकार हो । नेपाल सरकारको कार्यकारी प्रधानमन्त्री तपाई हुनुहुन्छ, तर, राष्टूपतिले धेरैपटक मेरो सरकार भन्नुभयो । यसबारेमा जनता जान्न चाहन्छन् !
जवाफमा प्रधानमन्त्रीले भने, जहाँ ऋषिजी हुनुहुन्छ, त्यहाँ प्रश्न त आउने नै भो, जनताले जान्न चाहने नै भए !’ यति भनिसकेर प्रधानमन्त्रीले राष्टूपतिमार्फत आएको नीति तथा कार्यक्रममा खासै अस्पष्टता केही छैन र त्यसमा आलोचना वा टिप्पणी गर्नुपर्ने विषयहरु पनि खासै छैनन् भन्ने जवाफ दिए । नीति तथा कार्यक्रममा विभिन्न कारणहरुले वाञ्छित उपलब्धी हुन नसकेको कुरालाई स्वीकारिएको बताउँदै प्रधानमन्त्रीले भने, ‘वाञ्छित उपलब्धी भएको छैन । म अस न्तुष्ट हैन, तर पर्याप्त गतिसँग सन्तुष्ट छैन । हामीले आफ्नो गति बढाउन जरुरी छ ।’

तथापि, यस वर्ष उत्साहजनक राजस्व अभिविद्धि भएको र मानिसहरु वैदेशिक रोजगारीमा जान कम भए पनि रेमिट्यान्स बढेको प्रधानमन्त्री ले सुनाए । उनले भने, ‘सबै ठाउँमा गति धीमा छ भन्ने पनि होइन, एक वर्ष पछाडि बन्ने भेरी बबई डाइभर्सन बनाइसकिएको छ । हामीले हाम्रा विकासका प्रयासहरुमा प्रविधिको प्रयोग गर्ने प्रयास गरेका छौं । नीति कार्यक्रममा पनि यही संकेत गरिएको छ ।’ एउटा अभ्यास के देखियो भने जसरी पनि विरोध गर्नुपर्छ भन्ने मान्यता देखियो । यसो गरेर वक्ता सत्य नबोल्ने वक्ताको रुपमा स्थापित हुन्छ । जनतालाई अलमलमा पार्न कोसिस गर्ने अथवा विरोध गर्नु नै काम हो जस्तो यो वास्तविक अर्थमा सही कुरा होइन । हामीले सहीलाई सही, गलतलाई गलत । गलत काम गरेका ठाउँमा गलत गर्न हुँदैन भनेर रखवारी गर्नुपर्छ । जसो भए पनि विरोधको परिपाटी, जस्ता कामको पनि विरोध गर्नुहुँदैन । राष्टूलाई विकासको मार्गमा अगाडि बढाउने सन्दर्भमा जसो भए पनि विरोध कसरी गर्न सकेको ? राष्टिूय हितका पक्षमा, सार्वभौकिमता स्वाधीनताका पक्षमा त कुनै पनि हालतमा विनाबाहनाबाजी उभिनुपर्छ । हाम्रा राष्टिूय विकासका चाहना र त्यसलाई अघि बढाउने सन्दर्भमा आएका कुराहरुको पनि विरोध, त्यो उचित कुरा होइन ।

यदि कुनै कुरामा गलत नीति, गलत बाटो सरकारले लिएको रहेछ भने त्यसलाई सच्याउन पनि सरकार तयार छ । सरकारलाई देश विकासबाहेक अर्को कुनै कुराले अल्मल्याउँदैन । सरकार देशमा विकास चाहन्छ । विकासका निम्ति विभिन्न कार्यक्रम कार्ययोजनामा अगाडि बढ्न सरकार तयार छ । यसर्थ झूठ बोल्ने, अल्मल्याउने, छक्याउने बाटोमा सरकार लाग्दैन । किनभने यो सरकारलाई सरकारमा रहनुसँग होइन, देश बनाउनुसँग सरोकार छ । त्यसकारण यसले छलछामपूर्ण कुराहरु गर्दैन । स्पष्ट कुराहरु गर्छ ।

तसर्थ यो परम्पराको निर्वाह, खोक्रो हो, बेकारको भन्ने कुराको म केही पनि अर्थ देख्दिनँ । खोक्रो कहाँनेरि भो ? भरिलो कसो गर्दा हुन्थ्यो ? केही पनि नभएको छ भने के गर्दा केही पनि हुन्थ्यो ? रित्तो छ भने भरिलो कसरी हुन्थ्यो ? त्यतापट्टि म जान चाहन्न ।

वास्तवमा कुनै आलोचनाको ठाउँ नभेट्टाएर हल्काफुल्का टिप्पणी आइरहेका छन् । म चाहन्छु कि सार्थक बहस होस् । हामी एउटा नयाँ प्रणालीमा छौं । र, हाम्रा अगाडि राष्टू निर्माणको अभिभारा छ । राष्टू निर्माणको अभिभारा बोकेर हामी अगाडि बढ्दैछौं । यस्तो अवस्थामा वास्तवमा विकासका निम्ति, सुशासनका निम्ति, सका रात्मक परिस्थितिहरुको निर्माण गर्नका निम्ति सार्थक बहसको आवश्यकता छ । हामी चाहन्छौं सार्थक बहस होस् । त्यसकारण मैले यहाँ साथीहरुलाई आमन्त्रण गरेको सार्थक छलफलतर्फ देश जाओस् भन्नका लागि हो, खुकुलो टिप्पणीका लागि होइन ।

सरकारको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्ने वा प्रश्न उठाउनेहरुमाथि ठोठाक गरिसकेपछि प्रधानमन्त्री ओली ‘मेरो सरकार’ को परिभाषातिर लागे । राष्टूपतिले सदनमा सम्वोधन गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउनेहरुलाई जवाफ दिँदै प्रधानमन्त्रीले त्यस्ता ‘छिचरा तर्क’ मा नअल्मलिन आग्रह गरे ।

‘मेरो सरकार’ बारे प्रधानमन्त्री ओलीको तर्क यस्तो थियो ः
अर्को एउटा प्रश्न, राष्टूपतिले मेरो सरकार भन्ने । मैले मेरो देश भन्छु । मैले मेरो देशभन्दा तपाईहरुको हैन भन्या हो र ? अरुको हैन भन्या हो र ? मेरो देश, मेरो राष्टू, मेरो राष्टिूय गान । मैले बनाको हो र राष्टिूय गान ? मैले मात्रै गाउने हो र राष्टिूय गान ? मेरोमात्रै हो र राष्टिूय गान ? तर, मैले मेरो राष्टिूय गान भन्छु । मेरो राष्टिूय गौरब भन्छु ।

मेरो भनेको वृहत अर्थमा, सामुहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्छ । राष्टूपति देशको, राष्टूको प्रमुख हो । म व्यक्तिको कुरा गरिराखेको छैन, संस्थाको कुरा गरिराख्या छु । राष्टूको प्रमुखको हैसियतले जुन सरकार चल्छ, त्यो सरकार राष्टूपतिको सरकार हो । राष्टूपतिले सरकारको नीति कार्यक्रम आफ्नो सम्वोधनमार्फत गरिरहँदा गरिमायम संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ भन्ने यो अन्तरराष्टिूय अभ्यास हो ।

हाम्रो वौद्धिक जगतले, हाम्रा सञ्चारकर्मी मित्रहरुले यत्रो वर्षदेखि यहीँ छिमेक भारतमा चलेको अभ्यास थाहा नपाउनु अचम्म लाग्छ । वौद्धिक जगतले पनि थाहा नपाउनु अचम्म लाग्छ । भारतमा पनि संसदलाई सम्वोधन गर्दा माइ गभर्नमेन्ट भनेर सम्वोधन गर्छन् । कमसेकम त्यति त हेर्ने हिम्मत गरौैं । भारतमा पनि राजतन्त्र छैन, गणतन्त्रै हो ।

यसभन्दा ठिक्क अगाडिको मात्रै कोविन्दजीको सम्वोधन साथीहरुले युट्युवमा हेर्नुभो भने पनि स्पष्ट हुन्छ जस्तो लाग्छ । त्योभन्दा अघिल्लो हेर्नुस, त्योभन्दा अघिल्लो हेर्नुस, अझ अघिल्लो हेर्नुस् । भारतमा धेरै राष्टूपति छन् । हाम्रोमा त बल्ल दुईटा राष्टूपति छन् । भारतमा त धेरै राष्टूपतिले धेरैपटक सम्वोधन गर्नुभएको छ ।

भारतले डेमोक्रेसी बुझेको छैन, डेमोक्रेसीको अभ्यास बुझेको छैन, त्यहाँ राजतन्त्र छ भन्ने लाग्नु, राजतन्त्रको झल्को लाग्नु ! नेपालमा भारतीयलाई नलागेको झल्को, भर्खर भर्खर राजतन्त्र गएको हुनाले झल्को लाग्या हो कि ? अथवा कतिपय त लोकतान्त्रिक राजनीतिक पार्टीकै नेताहरु राजतन्त्र, राजतन्त्र भनेर कराएर हिँड्नुभएको छ, त्यसो भएर झल्को लाग्या हो कि ? झल्को लाग्न कुनै आवश्यकता छैन ।
यो जननिर्वा्चित सरकार हो । जुन राष्टूपतिले गरिमायम दुबै सदनले पास गरेको कानुनलाई हस्ताक्षर गरेपछि मात्रै कानुनको स्वरुप पाउँछ, यस्तो विवाद गर्न हुँदैन कि दुईटै संसदले पास गरिसकेपछि राष्टूपतिले लालमोहोर नलगाउँदा सम्म कानून नबन्ने यस्तो पनि हुन्छ ? संसदभन्दा ठूलो ? राजतन्त्रको झल्को आयो ! भन्न मिल्दैन । कुनै पनि सिस्टमको गरिमा हुन्छ । हामीले थाहा पाउनु वाञ्छनीय हुन्छ । छिचरा तर्कमा अल्झिनुहुन्न । अबको एक्काइशौं शताब्दीमा यति साह्रै सञ्चार सुविधा भएका ठाउँमा हामीले संसारको कुनै पनि पार्लियामेन्ट हेर्न अब कहीँ जानुपर्दैन, यहीँबाट लाइभ हेर्न सक्छौं । मलाई अचम्म लाग्छ, राष्टूपतिले मेरो सरकार भनेकोमा समेत आजको नेपालका टीकाटिप्पणी हुँदा हामीले आफूलाई कूपमण्डुक (कुवाको भ्यागुतो) बनाइराख्नु हुँदैन । अलिकति त्योभन्दा फराकिलो हुनुपर्छ । त्यो भन्दा दुनियाँ थाहा पाउनुपर्छ ।

थाहा पाएर विरोध गरिएको हो भने कसको सरकार भन्ने ? कि निवन्ध पढ्ने ?
यो सरकारको नीति कार्यक्रम भन्दाखेरि अनि फलानाको सरकार भनेर, मेरो सरकार भन्ने हैसियत भएर मात्रै राष्टूपति पार्लियामेन्टमा आउँछन् । पार्लियामेन्टमा आएर सम्वोधन गर्ने भनेको अपनत्व छ । सेनाको राष्टूपति परमाधिपति हुन्छन् । सिस्टमको, व्यवस्थाको, प्रणालीको राष्टूको सबभन्दा माथि सम्मानित आहोदाको हुन्छ । अभिभावकतूल्य हुन्छ । संविधानको रक्षकसमेत हुन्छ राष्टूपति । त्यसकारण राष्टूपतिले मेरो सरकार भन्ने अत्यन्त सनमान्य अन्तरतराष्टिूय अभ्यासलाई अनौठो मान्ने जमानामा हामी हुनु भनेको या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौं । आफूले स्थापना गरेको प्रणाली, त्यसको गरिमा र राजतन्त्र फालेर ल्याएको गणतन्त्र । र, गणतन्त्रमा राष्टूपति राष्टूप्रमुख हुन्छ ।

नागरिकबाट निर्वा्चित राष्टूप्रमुखको गरिमासँग हामीलाई चित्त नबुझ्या हो कि ? अथवा हाम्रो मानसिकताको दरिद्रताकोे प्रश्न हो ? यसर्थ म आग्रह गर्न चाहन्छु आजको नेपालले यत्तिको कुरा नबुझ्नुहुँदैन ।
साथीहरुले नेपाली समाजलाई सार्थक बहसको ठीक दिशामा र्डोयाउन सञ्चार माध्यमले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । साभार ः अनलाइनखबर ।

प्रतिक्रिया दिनुहोस्