
नेविसंघ गोरखाले गर्यो मूल्य बृद्धिको विरोध
दरौँदी ः नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ(नेवि संघ) गोरखाले सरकारले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढाएको भन्दै विरोध गरेको छ । मूल्य बृद्धिको विरोधमा नेविसंघ गोरखाका अध्यक्ष रुप बहादु गुरुङको संयोजकत्वमा रहेको विद्यार्थीहरुको समुहले जिल्ला प्रशासन कार्यालय गोरखा अगाडी एक घण्टा धर्ना समेत दिए । विहान ११ बजे देखि १२ बजे सम्म धर्ना दिँदै विद्यार्थीहरुले मूल्य बृद्धि तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।
धर्ना पछि कोण सभामा बोल्दै जिल्ला अध्यक्ष गुरुङले जनताको ढाँड सेक्ने गरी गरेको मूल्य बृद्धि तत्काल फिर्ता गर्न आग्रह गरे । त्यस्तै जिल्ला सहसचिब सुबास अधिकारीले विभिन्न बाहनामा गरिएको मूल्य बृद्धि फिर्ता नगरे नेविसंघले थप शसक्त आन्दोलन गर्ने बताए ।




