| सोमवार, कार्तिक २३, २०८३

आठ लाख घुस फ्याँकेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ

घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ। 

अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख घुस लिएको अख्तियारले जनाएको छ। 

घुस लिएर गाउँपालिका अध्यक्ष भागेको प्र.२-०२-००१ झ ०००२ नम्बरको स्कार्पियो गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर गाउँपालिका-४ बाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

अख्तियारको टोली पछि लागेको थाहा पाएपछि क्षेत्रीले भने घुस रकम भने छिरेश्वर नगरपालिका-५ को बाटोमा फ्याँकेर भागेको रिसालले बताए।

फरार रहेका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन्। स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्