| सोमवार, कार्तिक २३, २०८३

देउवा सरकारद्वारा नियुक्त तीन जनाको वर्खास्तगी कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

संसद विघटनको मुद्दा संवैधानिक इजलासले टुङ्ग्याउने

संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ ।

बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

धबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्