| शुक्रबार, फाल्गुन ९, २०७६

बद्री मास्के : एउटा अथक परिश्रमी

लेखक  : (राजेन्द्रप्रसाद अर्याल)

लेखक  : (राजेन्द्रप्रसाद अर्याल) गोरखा बजार,  हाल अमेरिका

बद्री बाहादुर मास्के गोरखा जिल्लामा सुपरिचित र स्थापित नाम हो । आज म उहाँकै सन्दर्भमा एउटा सानो लेख तयार गर्न गईरहेको छु । यसै सन्दर्भमा मेरो हृदयको फाँटमा बद्री दाईको उज्यालो छवि लहलहाउँदो फसल भैंm झुल्न पुगेको छ भने अर्को्तिर वहाँको विशेषता, चरित्र, आनिवानी, सेवाभाव लगायत यावत विषयवस्तुहरू आफु छुट्छु की भने भैंm गरी मेरो मगजमा तछाडमछाड गरिरहेका छन् । त्यसलाई व्यवस्थित ढङ्गले कलमको निवसम्म ल्याउन म प्रयत्न गर्दैछु ।

बद्री दाईको सन्दर्भमा कलम चलाउनु पर्दा २र४ शिशि मसि सकिने वहासँग संवन्धि सामल छन् समाजमा। मेरो ज्ञानको अभावले यो लेखमा एक त ती सबै अभिव्यक्त गर्न म समर्थ छैन ।दोश्रो यो लेख बद्री दाईको वायोग्राफि (जीवनवृत्त) पुस्तकमा प्रकाशित हुने हुँदा यसमा म सामान्यतया वायोग्राफिमा नपर्ने किसिमका बद्री दाईसँगका मेरा सहचर्याका ब्यक्तिगत अनुभव, हार्दिक अनुभूति अनि वहाँको नामको आधारमा मेरो मनमा उद्वेलित हुने भावना लगायत मैले बुझेको वहाँप्रतिको सामाजिक धारणाहरुलाई मात्र उल्लेख गर्न कोशिस गरेको छु ।

स्थान, समय, पेशा, चाहना, धारणा आदिको आधारमा संवन्ध, उठवस, मायामोह र सम्पर्कहरू स्थापित हुँदा रहेछन्। जुन समयमा म गोरखामा थिएँ, बद्री दाई र म ‘एउटै मगलाका दुई थुङ्गा फूल’ बनि, ‘चिम्टाका दुई खुट्टि’ भै हाँसखेल, ख्यालठट्टा गर्दै, सुख दुःख भोग्दै र व्यहोर्दै बस्यौँ । म काठमाण्डौं भएपछि त्यो संपर्क पातलो हुन गयो र हाल मेरो बसाई अमेरिकामा छ । उठवस हुन पाएको छैन अपितु हार्दिकतापूर्बकको संपर्कमा भने कमी आउन दिएका छैनौँ हामी दुबैले ।

बद्री दाईको हालको सामाजिक उचाई, आर्थिक सवलता, चेतनाको अभिबृध्दि आदिको व्याख्या र वर्णनपूर्ब वहाँको बाल्य जीवनका परिस्थितिहरू, आर्थिक तथा शैक्षिक अवसरहरुको विवेचना हुन पायो भने वर्तमानमा आईपुग्न बद्री दाईले गर्नु भएको मिहेनत, परिश्रम, संघर्ष अनि व्यहोर्नु भएको दुःख, अभाव, अपहेलना आदिको आँकलन गर्न सकिन्छ र वर्तमान पिडिलाई प्रेरणा मिल्छ, उत्साह पलाउँछ, जाँगर चल्छ । बद्री दाईको संघर्षपूर्ण जीवनको वोध हुन सक्यो भने जीवनप्रति कोही कसैले हार खाँदैन । सकारात्मक सोँचको विकास भै मिहेनति र परिश्रमी बन्न सघाउ पुग्छ । व्यक्तिगत फाईदामा मात्र रमाउँन छाडेर समाजसेवाको स्वर्गिय आनन्दमा डुब्न चाहन्छ मान्छे । समाजको लागि यो ठुलो उपलब्धि हुन्छ भन्ने मेरो ठहर छ ।

बद्री दाईको बाल्यकाल मलाई अवगत हुन सक्ने कुरा भएन । मभन्दा ९ वर्ष जेठो बद्री दाईको बाल्यकालको स्थिति बुझ्न आफ्नो वाल्यकाललाई ९ वर्ष अगाडी पु¥याएर कल्पना गर्न सक्छु म ।

मेरो बाल्यावस्थाको चित्रण गर्नुपर्दा – गाउँघरको रुग्ण स्थिति, ख्याउटे अनुहार, सामान्य लवाई, छाक टार्ने खान्की, खरका फुसका छाना भएका घररगोठ अनि अशिक्षित परिवेस संझँदा गोरखा बजारका हामी सबैले जीवन धान्न पर्दाको दुःखको “खुईय” सुस्केराको रन्को अहिले पनि यतै कतै गुञ्जिरहेको भान हुन्छ मलाई । त्यसमाथि ९ वर्ष पहिले बद्री दाईको बाल्यकालको कल्पना गर्दै भन्न सकिन्छ – “गरिवि, अभाव, र अशिक्षा खित्का छाडेर हाँसि रहेथे होलान् । समग्र पहाडि परिवेस अज्ञानता र पछौटेपनको नमूना वस्ति थियो होला । अहिलेको उज्यालो, सुकिलो, सक्षम, धनि र शिक्षित गोरखाको तुलनामा त्यस बेलाको गोरखा भिखारीहरूको बगाल बसेको गाउँजस्तो लाग्न सक्छ कतिपयलाई”।

अर्कोतर्फ बद्री मास्केको बाल्यकालको पारिवारिक स्थिति यस्तो देखिन्छ कि – दैलाको स्कूलमा ९ कक्षा पनि पुरा पढ्न नपाउँदै बाबु आमाको काखवाट लखट्यो निष्ठुरी समयले बद्री दाईलाई । पढेर ठुलो मान्छे बन्छु भन्ने सपना तुहाउँदै अर्थ उपार्जन गरि परिवार धान्न १६ वर्षकै उमेरमा माष्टर हुन जन्मस्थल र साथिसङ्गी छाड्नु प¥यो ।

मेरो निश्कर्ष यो हो कि गरिवि, अभाव अनि दुःखमा बग्ने आँसुको स्वाद कस्तो हुन्छ त्यो बद्री मास्केलाई पूर्ण अनुभव छ । कलिलै उमेरमा शिक्षावाट विमुख हुनु पर्दा लागेको चोटको खत अभैm पुरिएको छैन होला बद्री दाईको हृदयमा । ती दुखी दिनहरूको ननिको संझना हृदय काट्ने अदृश्य कैची भएर बसेको हुनु पर्छ बद्री मास्केको छातिमा ।

उल्लेखित विगत व्यहोर्दै आउनु भएका बद्री मास्केले कसैको टेको वेगर, पुठ र सपोर्ट विना, विभिन्न विघ्नवाधा झेल्दै र व्यहोर्दै, समय अनुसारका प्रतिस्पर्धीहरूसँग रम्दै, कोही कसैको बुई नचढि, कुनै राजनैतिक शक्तिको झण्डामा गोलवध्द नभै, मात्र आफ्नो एक्लो मिहेनत, पौरख, परिश्रम र सिपवाट वहाँले ब्यक्तिगत आर्थिक उन्नति मात्र गर्नु भएन, समाजलाई स्वास्थ्य, खानेपानी, शिक्षा, रेडक्रस लगायत विविध सेवा प्रदान गर्दै एउटा लोभलाग्दो उच्च व्यक्तित्व झल्कने सार्थक जीवन बाँचिरहनु भएको छ।

बद्री दाईले गोरखा सदरमुकाममा स्थापना भएका प्रायस् सबैजसो सामाजिक सङ्घ(संस्थाहरूमा कुनै न कुनै रूपमा संलग्न भै काम गर्दै आउनु भएको छ तापनि वहाँलाई ‘बद्री बाहादुर मास्के’ बनाउने अर्थात जनता माझ सुपरिचित एवं लोकप्रिय बनाउने पहिलो विषय स्वास्थ्य क्षेत्र नै हो भन्ने मेरो ठहर छ ।

वि.सं. २०३७ देखि २०४१ सम्म स्वास्थ्य सहायक र पछि वरिष्ठ स्वास्थ्य सहायकसम्म भै सरकारी सेवामा संलग्न हुनुभएका बद्री मास्केको लामो समय गोरखा अस्पतालमा वित्यो । झण्डै दुई वर्षजति (२०३६–२०३८) त वहाँ गोरखा अस्पतालमा नि. प्रमुख भएर पनि काम गर्नु भयो । सरकारी सेवावाट निवृत्त भएपछि वहाँले २०७५ सम्म स्वास्थ्य क्लिनिक र औषधी दोकानवाट लामो समय व्यवसाय र सेवा प्रदान गर्दै आउनु भयो ।

तत्कालिन गोरखा सदरमुकामको स्वास्थ्य सेवाको अवस्था दयनीय थियो । जिल्ला अस्पतालमा डाक्टरको एउटा दरबन्दी त हुन्थ्यो तर प्रायः पदपूर्ती हुन सक्दैनथ्यो । यदि पदपूर्ती भैहाले छ भने पनि जनताप्रतिको सेवाभाव भन्दा जागिरे प्रवृत्ति हावि हुन्थ्यो डाक्टरमा ।

जब बद्री दाईले गोरखा अस्पतालमा काम सुरू गर्नु भयो, दिउँसो अस्पतालमा र विहान वेलुकी स्थानिय जनतालाई स्वास्थ्य सेवा दिन थाल्नु भयो । अस्पतालको सेवावाट रिटायर्ड भै औषधीको क्लिनिक संचालनमा ल्याएपछि त २४ सै घण्टा ब्यापार र जनसेवामा खट्नु भयो बद्री दाई ।

यी मेरा अनुभवहरू वि.सं. २०३५र३६ साल लगत्तै पछाडि समयदेखिका हुन् । गोरखा सदरमुकाममा एलोपेथिक मेडिसिन अन्तरगत स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा गोरखा अस्पताल थियो र व्यक्तिको रूपमा हुनुहुन्थ्यो बद्री मास्के । दिउँसो त सकि नसकि जनताहरू स्वास्थ्य सेवा प्राप्तिको लागि अस्पताल पुग्थे तर विहान बेलुकी, रातसाँझको सेवा बद्री मास्केवाट पाएर आनन्दी थिए । मलाई संझना छ, ठुलो आँगन होस् वा वसपार्क, बद्री दाईको क्लिनिक भरिभराउ हुन्थ्यो । वहाँप्रति मानिसहरूको ठुलो विश्वास थियो, साथै बद्री दाईले पनि हार्दिकतापूर्वक पोसिलो सेवा प्रदान गर्नु हुन्थ्यो ।

बालबच्चा, बृध्दबृध्दा, असक्त तथा ओछ्यान परेका विरामीहरूका लागि बद्री दाईले घरघरमा पुगेर सेवा गर्नु भयो । वहाँले आफ्नो सेवाको शुल्क लिनु भएन । लामो समयसम्म यो प्रकृया चलिरह्यो । क्रमशः गोरखा सदरमुकाममा अन्य क्लिनिकहरू, औषधी पसलहरू समयको माग अनुसार थपिदै आए तर पनि बद्री मास्केप्रतिको जनविस्वास र आकर्षणमा कमि आएन ।

बद्री दाईको परोपकारी व्यवहार, सहयोगी भावना र सेवामुलक कृयाकलापहरू मेरो आँखा अगाडी तुन्द्रुङ्ग उभिइरहेका छन् । हातमा स्टे(थे(स्कोप र स्फ्याइग्नोम्यानोमिटर (ब्लड प्रेसर कफ) लिई सँधै व्यस्त र हतार मुद्रामा फटाफट हिडिरहेको बद्री दाईको उज्यालो र जाँगरिलो तस्विर मेरो सामुन्यमा मुसुमुसु हाँसिरहेछ । त्यही मुद्रा र हाउभाउमा कहिले धनि र उच्च पदस्थहरू कहाँ त कहिले दलित, सुकुम्वासी र गरिवहरूका घर–आगन र पिढिमा देखिनु हुन्थ्यो बद्री दाई । एकातिर बद्री दाईले सामान्यतया रातदिन, चाडपर्व केही भन्नु भएन, स्वास्थ्य सेवा दिईरहनु भयो । अर्को्तिर समाजले बद्री दाईलाई विस्वास ग¥यो, आ–आफ्नो ज्यान सुम्पीए । “डा. बद्री” को अनौपचारिक उपाधिले विभुषित गरे, वहाँकै सल्लाहमा अनगिन्ति खर्च गर्न तत्पर भए । यसरि बद्री दाईको सेवारुपी गुलाफ फक्रक्क फक्रेको थियो भने जनमानसले कृतज्ञताको सुगन्धित वास्नालाई अनुगृहित भै चौतर्फ पैmलायका थिए ।

बद्री दाईले समाजमा गर्नु भएको स्वास्थ्य सेवाका विविध मध्ये एउटा प्रतिनिधि घटनालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्छु म । प्रशङ्ग मेरो पिताजी स्व.दण्डपाणि अज्र्याल बि. सं.२०३७ सालमा ठुलो विरामी हुनु भयो र सोही कारणको शेष अंश अनि क्रमशस् वृध्दावस्थाले गाल्दै लगे अनुसार २०४५ सालमा वहाँको देहावसान भयो ।

पिताजी विरामी हुँदा बद्री दाई गोरखा अस्पतालको नि.प्रमुख हुनुहुन्थ्यो । गोरखा अस्पतालमा ८र९ दिन राखियो तर राम्रो हुन सकेन। बद्री दाईकै सल्लाहमा काठमाण्डौं लगियो । उपचार लाग्यो, निको भएर गोरखा फर्किनु भयो । तर निरन्तर स्वास्थ्य सेवा दिन पर्ने भै रह्यो । यसरी लगातार आठ वर्षसम्म चाहिने स्वास्थ्य सेवा बद्री मास्केवाट निरन्तर र निशुल्क प्राप्त भई रह्यो ।

अवस्था अनुसार दिनमा २(३ पटकसम्म पनि स्वास्थ्य सेवा दिन मेरो घरमा आउनु हुन्थ्यो बद्री दाई । अपर्भmट अवस्थामा त बद्री दाईले खाई रहेको गाँस मात्र छाड्नु भएन बुढाबुढी सुतिरहेको चिसो रातको तातो सिरक फालेर पनि पिताजीको सेवामा समर्पित हुनुभयो ।

मेरो पिताजी बद्री दाईको गुरु हुनुहुन्थ्यो, समाजको लब्धप्रतिष्ठीत व्यक्ति समेत हुनुभएवाट बद्री दाईको सेवाभाव केही अधिक अवस्य भयो होला । तर म नै स्वयं साक्षि सरह भन्न सक्छु “कुनै पनि तह र तप्काका हरेक व्यक्तिलाई बद्री दाईले हार्दिकतापुर्वकको न्यूनत्तम सेवा दिन चुक्नु भएन” ।

मेरो भित्रि चित्तले भन्छ( आफ्नो परिवार तथा समाजलाई भलो गर्ने मान्छेहरुको यथोचित प्रशंसा गर्नु पर्छ अन्यथा कृतघ्न भइन्छ र वैगुनी ठहरिइने छ। त्यो म कदापी हुन चाहन्न र दिन्न । साथै कसैको हुँदै नभएको उचाईको अतिसयोक्ति वर्णन गर्दा वा कसैलाई अनावश्यक माथि पु¥याउँदा आफ्नो उचाईको पारो तल झर्ने कुरामा पनि म सजग र सतर्क छु ।

बद्री दाईको यो हार्दिकतापूर्वकको गुण म बिर्सन सक्दिन। आफ्ना सन्तानहरूमा समेत सार्नु पर्छ भन्ने लाग्छ । लेखररचना तयार गरी सत्य कुराको प्रचाररप्रसार होस् भन्ने चाहान्छु । जसवाट प्रेरणा पाएर धेरै बद्रीहरू जन्मन सकुन् घर गाउँमा। समाजमा सेवामुलक चिन्तन र प्रवृत्तिको विकास हुन सकोस् । त्यसैले बद्री मास्केले त्यो वेलामा गर्नु भएको निश्वार्थ सेवाको रस आफ्नो कलमवाट वहाउन चाहान्छु म ।

बद्री दाईको स्वास्थ्य सेवा र व्यवसायको सन्दर्भमा आफ्नो बुझाई र अनुभवलाई अभैm थप उल्लेख गर्न चाहान्छु । विरामीहरुको विवसता र वाध्यताको फाईदा उठाएर अनावश्यक लाभ लिनु भयो भनि म विस्वास गर्न सक्दिन वहाँले । हुन त हाम्रो देशमा औषधी र स्वास्थ्य विज्ञानको व्यापारिक साख त्यति ओजपूर्ण छैन । नाफा र फाईदाको ठुलो दलदलमा हाम्रो स्वास्थ्य क्षेत्र उठनै नसक्ने गरी फसेको छ । ठुलाठुला डाक्टरहरू पनि दलाली भाग डकार्न पल्केका छन् ।कतिपय अवस्थामा भनिन्छ–“मानवता झिकेको अस्थिपन्जर हुँदैछ डाक्टर अनि मानव वधशाला हुँदैछ अस्पताल” । अर्को्तिर जनताको अज्ञानताको फाईदामा रम्दै नक्कली औषधी बेचेर दिनदहाडै डाका मारिरहेछन् कतिपय औषधी व्यवसायीहरू।

यसरी स्वास्थ्य तथा औषधी व्यवसायलाई हेर्ने दृष्टिकोण पुर्ण सकारात्मक छैन तापनि बद्री मास्केको सर्तमा त्यो प्रशङ्ग अपवादको रूपमा पर्छ भन्ने मैले ठानेको छु ।वहाँ एउटा असल दुर्लभ प्रतिनिधिको रूपमा यस अर्थमा पाउँछौँ कि–बद्री दाईको क्लिनिकको ढोकावाट निस्कनेहरूले मुटु मिच्दै निस्केनन्, सरौतोको सुपारी भएको महशुस गरेनन् र गुन्द्री र हतासो विचको पराल भएको हामीले देखेनौँ । बरु हाँसेरै मात्र हैन बद्री दाईलाई हार्दिकतापूर्वक धन्यवाद दिएर वाहिरिएका देखिन्थे सेवाग्राहिहरू ।

हो, व्यापारमा लाभ बद्री दाईले अवस्य लिनु भयो । पैसा पनि कमाउनु भयो।मलाई लाग्छ त्यो लाभ र कमाईभित्र जनमानस तथा सेवाप्रापकको स्विकृति र समर्थन थियो, अनुमोदन थियो । यो कुराको प्रमाणका लागि बद्री दाइको ७२ वर्षे स्वच्छ, उज्यालो र दागरहित जीवन नै साक्षि छ भन्ने बुझाई छ मेरो ।

गोरखाको समग्र परिवेश वदलिएको छ । माथि मैले अभिव्यक्त कतिपय विचार र अनुभव हिजोको गोरखाको सन्दर्भमा हो । जसले बद्री मास्केलाई मूलतः स्वास्थ्य कर्मी, स्वास्थ्य सेवीको रूमा चिन्छन् । आज सो क्षेत्रमा ठुला क्लिनिक, अस्पताल, विशेषज्ञता प्राप्त डाक्टरहरूवाट सेवा लिन पाएका नयाँ पुस्ताका जनमानसले बद्री मास्केको भूमीका स्वास्थ्य क्षेत्रमाभन्दा खानेपानी, लायन्स क्लब, पर्यटन, रेडक्रस, शिक्षा लगायत अन्य विविध सामाजिक गतिविधिमा संलग्न देख्न पुगेका होलान भन्ने लाग्छ मलाई ।

हुन पनि हो, बद्री मास्केले लामो समयसम्म लायन्स क्लबको विभिन्न पदमा रहि काम गरिरहनु भएकोछ । काकाकुल बनेको गोरखा बजारलाई पानीको ब्यवस्था गर्नु भयो र अझै छेलोखेलो बनाउन कृयाशिल हुनुहुन्छ।भन्न सकिन्छ( खानेपानी र बद्री मास्के परिपुरक जस्ता भएका छन् गोरखामा । क्याम्पस, बोर्डिङ्ग, सिएमए लगायतका शिक्षा क्षेत्रमा व्यस्त हुनुहुन्छ वहाँ । पर्यटनको नेतृत्वदायी भूमिकामा पनि हुनुहुन्थ्यो गोरखामा बद्री दाई । रेडक्रसको भवन निर्माण र एम्वुलेन्स खरिदमा ठुलो योगदान थियो । यस्तै अन्य धेरै सामाजिक संघसंस्थामा संलग्न भै देश सेवामा लागि रहनु भएको पाउँछौँ हामी वहाँलाई । त्यसैले भन्न सकिन्छ, बद्री दाईको जीवनको शीत्तल सर्वतमा अनेकौँ सुगन्धित पदार्थहरूको घुलन छ ।

मलाई बद्री दाईमा भएको कल्पनाशिल क्षमताको प्रशंसा गर्न मन लाग्छ । वहाँको दिलमा सदा भावना र कल्पनाको उध्दाम तरङ्ग उठिरहन्छ । कल्पनाशिल क्षमता नहुँदो हो त यो मात्राको प्रगतिको कल्पना गर्न सकिन्न । बग्गीको घोंडा भैंm मात्र एकोहोरो सोच र एउटै क्षेत्रमा नलागि विविध क्षेत्र, पेशा, व्यवसाय, समाजसेवाको रथ हाकिरहनु भएको छ बद्री दाईले ।

गोरखा जिल्लाको आर्थिक विकासको मूल आधार पर्यटन हो र पर्यटनको माध्यमवाट जिल्लालाई उजिल्याउन सकिन्छ भन्ने मान्यता लिई ‘गोरखा पर्यटन विकास समिति’नामक संस्थाको अगुवाई पनि गर्नु भयो बद्री मास्केले । गोरखा जिल्लामा प्राकृतिक तथा ऐतिहासिक सामग्रीहरू प्रशस्त हुँदा हुँदै पनि त्यसलाई उजागर गर्न सकिएन । ती सामग्रीहरू ‘भिल्लका देशको मणि’ सरह महत्त्वहिन भएका छन् भन्नु हुन्छ बद्री दाई । साथै आफ्नै नाभिको मगमगाउँदो कस्तुरीको लागि भौतारिई रहेको मृग बन्नु परेको परिवेसवाट चिन्तित हुनुहुन्छ वहाँ ।

हाल म परदेशमा बसेर पनि स्नेह र मर्यादापूर्वक बद्री दाईलाई अध्ययन गरिरहेकोछु। वहाँको क्षमता, साहसलाई बुझेर नै मैले वारंवार सल्लाह दिईरहेकोछु( “बद्री दाई ! तपाईले धेरै देशहरूको यात्रा गर्नु भयो । आफ्नो यात्राका अनुभूति र स्मृतिलाई शब्दहरूको शिक्रिमा उनेर बौद्धिक पाठक सामु पेश गर्नुस् अनि आफ्नो जीवनकालमा नै जीवन चरित्रको झाँकी उतार्नुस् यानेकि विगत र वर्तमान उग्राउनुस्” ।

बद्री मास्के दृढ, निश्चयी र संकल्पीत व्यक्ति हुनुहुन्छ । फलस्वरुप वहाँको वायोग्राफि निकट भविष्यमा प्रकाशित हुँदैछ । यात्रा संस्मरणको केही अंश मैले समेत पढन पाएँ, आशा राखेको छु त्यसमा थपथाप गरी पुस्तकाकारको रूपमा वाहिर अवस्य आउनेछ ।

कुल, खान्दान, पुर्खा र वंशजप्रति अत्यन्तै गौरव गर्ने बद्री दाईले आफ्नो बाबुआमालाई जिउँदो देवता मान्नु हुन्थ्यो । वहाँहरूप्रतिको सेवाभाव नमुना योग्य थियो । पिताजी स्व.फत्ये बहादुर मास्केलाई ठुलै रोग लाग्यो । पिताजीको उपचारमा क्षमताले भ्याएसम्म समर्पित हुनु भयो अपितु सफल हुन सक्नु भएन।वि. सं. २०४८ सालमा अल्पायुमा नै वहाँ बित्नु भयो। पिताजीको देहाबशानमा बद्री दाईको परेला मात्र भिजेनन्, अनुहार मात्र धमिलिएनन्, बालक झैँ भक्कानिँदै डाँको छोडेर रुनु भएको संझनाले मेरो मन अहिले पनि निचोरेको कागती जस्तो हुन पुग्छ । जेठो छोरो, टार्न पु¥याउन र अन्य व्यवस्थामा जुट्नु पर्ने वाध्यताले पिताजीको मृत्यूमा पनि अघाउन्जेल रुन समेत दिएन पापी समयले बद्री दाईलाई ।

बाबुको तुलनामा आमाले बद्री दाईको सामाजिक उचाई र आर्थिक वैभवलाई बढि उपभोग गर्न पाउनु भयो । ९१ वर्षसम्म बाँच्नु भएकी आमा स्व.रुद्र कुमारीको सेवा, सुसुश्रालाई सदा उत्सवमय बनाउनुभयो । आफ्नो सर्वस्व नै पितामाता हुन भन्ने ब्यबहार पाउँथेँ म बद्री दाईमा ।

बद्री मास्के एउटा कठिन परिश्रमी हुनुहुन्छ । वहाँ भाग्यचक्रमा होईन कर्मको चक्रमा विश्वास राख्नु हुन्छ । जिन्दगीको तावामा परिश्रमको रोटि पकाउने र सेवाभाव राख्ने वहाँको कलावाट हाम्रो समाज प्रभावित छ । आज ७२ वर्षे जीवनमा पनि एउटा मस्त तन्नेरीको उर्जालाई निस्तेज पार्न सक्ने जाँगर र कृयाशिलताका साथ बिभिन्न पेशा, ब्यवसाय र समाजसेवामा ब्यस्त हुनुहुन्छ ।

वदलिदो समय अनुसार आफुलाई सदा धारिलो राखि रहने स्वभावको बद्री दाईले व्यक्तिगत प्रयोगमा कम्म्यूटरको सुरुवात गर्नु भयो गोरखा बजारमा । आउन बाँकी अर्थात आउँदै नआएको भविष्यको चिन्तामा वा कल्पनामा वर्तमानलाई उपेक्षा कहिल्यै गर्नु भएन वहाँले । त्यसैले मिलेसम्मका आधुनिक साधन र श्रोतहरूलाई वर्तमानमा नै अत्यधिक उपभोग गरिरहनु भएकोछ । आफ्नो व्यवसाय वा लेखनको पहिलो खेस्रा सोझै ल्यापटपमा गर्नु हुन्छ । स्वाबलम्वी भै आफ्नो सवारी साधन आपैm हाँक्नु हुन्छ अनि दिनको काम छिनमा सम्पन्न गरि आउनु भएको छ । यसरी साधन र श्रोतहरूको उचित र व्यवस्थित प्रयोग भएपछि भविष्य स्वतः सुरक्षित हुन्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ बद्री मास्के ।

ठुलो तालमा ढलपल ढलपल गरेर पानीको जवानी छचल्किय भैंm हाम्रो समाजमा बद्री दाईको स्वास्थ्य, खानेपानी लगायतका सामाजिक सेवाहरू छचल्किएका पाउँछौँ हामी । बद्री दाईको सेवावाट कतिपयले जीवनदान पाए, दीर्घ्जिवि भए । त्यसैले भन्न सकिन्छ धेरै मानिसहरूको जीवनमा बद्री मास्के कलकल नदि भएर बग्नु भएकोछ । जाडोको पारिलो घाम भएर देखिनु भएको छ । वहाँको सेवाले हाम्रो माटो मगमगाएको छ । सुकिर्तिको उज्यालोमा जीवनभर मात्र होईन जीवन पर्यन्त पनि प्रज्वलित हुनु हुनेछ बद्री दाई ।

बद्री दाईको विगतको दैलो उघार्ने क्रममा मेरो दिलमा अर्को एउटा संझना भुलुक्क भुल्कियो । प्रशङ्ग २०५४ सालमा संपन्न गोरखाको पहिलो मेयरको निर्वाचनको हो । बद्री मास्केको लोकप्रियता, जनचाहना, व्यक्तित्त्व र स्वच्छ छविसँग लोभिएर हामी केही साथिहरुले मेयरको प्रारंभिक प्रस्ताव लिई वहाँ कहाँ गयौँ हालाकि संस्थागत औपचारिक निर्णय भै सकेको भने थिएन।आफुलाई पत्यार गरेकोमा अनुगृहित भै हार्दिक धन्यवाद दिनु भयो । अपितु कुनै पनि झण्डाको छहारिमा नबसी स्वतन्त्र र असंलग्न रहने वा सो पदमा नउठ्ने चाहना व्यक्त गर्नु भयो वहाँले । मेयरको विजय जुलुशले नगरपरिक्रमा गर्ने क्रममा आफ्नो निवास अगाडि स्वागत गर्दै हुनुहुन्थ्यो वहाँ । त्यही क्रममा मैले बद्री दाईको गालामा हल्का रातो अविर दलेर ‘असंलग्न व्यक्तित्व’ भनेको हिजैजस्तो लाग्छ । तर समय बग्न कति वेर ? २२ वर्ष भैसकेछ । तत् अवस्थामा वहाँले देखाउनु भएको पदप्रतिको अनाशक्ति र निर्लोभी चिन्तन गोरुको साप्रोमा लपक्क टाँसियर बसेको किर्ना भैंm मेरो दिलमा टाँसिई रहेकोछ ।

जीवन ज्यामितिको सरल रेखा होईन र जीवनमा दुःख छ तर जीवन नै दुःख होईन भन्ने कुरा राम्रोसँग बुझ्नु भएको हुँदा हरेक कुराहरूलाई सकारात्मक दृष्टिले हेर्ने गर्नु हुन्छ बद्रीदाई ।

आज गोरखा बजारमा पुराना स्थानिय मानिसहरूको खडेरी पर्दै गएको देखिन्छ। विशेष गरी काठमाडौं अथवा सुबिधायुक्त ठाउँमा बसाईँ सर्ने क्रम तिब्र छ। बद्री मास्केले पनि बिसौँ बर्ष पहिलेदेखि काठमाडौँमा घर बनाउनु भएको छ र माईलो छोरो त्यहीँ ब्यवसाय गरेर बसेका पनि छन्। काठमाडौँको कुरा छाडौँ यदि बद्री मास्केले चाहने हो भने बेलायतको सुख सुविधामा जीवन यापन गर्न सक्ने देख्छु म जसका जेठो र कान्छो छोराहरू परिवारसहित त्यहाँ नै स्थायी बसोबास गरी बसेका छन्।बसाईँ सर्ने क्षमता हुँदा हुँदै र परिस्थितिले साथ दिँदा दिदै पनि बद्री मास्के गोरखामा नै खुसी देखिनु हुन्छ।गोरखा नै रमाईलो भन्दै समाज सेवामा ब्यस्त हुनु हुन्छ। त्यति मात्र हैन ठुला होटल र फाईनान्समा लगानी गरिरहनु भएको छ।बालसखा एकत्रित भै वस्ने गरी बस्ती निर्माणको सोचमा पनि हुनुहुन्छ गोरखामा। त्यसैले भन्न सकिन्छ( जन्मभूमीप्रतिको मायाको भोक छ बद्री मास्केमा । पुर्खाको आदिम थलोप्रतिको स्नेह, अनुराग र आशक्ति वहाँको हृदयमा पाउँछौँ । जन्मभूमी कै पानीले आफ्नो प्यास मेटिने ठान्नु हुन्छ वहाँ।हो, हाल गोरखामा नबसेका हामी सबै गोरखालीलाई गोरखाप्रतिको भोक छ,अनुराग छ, मायाँ छ तर बद्री मास्केले गोरखामा नै बसेर त्यसलाई ब्यवहारमा नै देखाई रहनु भएको छ।यो सानो कुरा अबस्य होईन।

आफ्नो जीवनप्रतिको आशा, उमङ्ग र भरोसालाई कुनै गरिवि, अभावले गाल्न दिनु हुँदैन ।जीवनमा हार नखानु।परिश्रमी र मिहेनती हुनुपर्छ । समयको राजमार्गमा एक दिन सबैको पालो आउँछ भन्ने कुरामा निर्धक्क हुनुहुन्छ मास्के दाई ।

हाम्रो समाज महिलाप्रति मृदु छैन । सकारात्मक छैन, उदार छैन, अनुदार छ । परिश्रम गारउँछ तर जसजति सबै पुरुषले लिन्छ । बद्री मास्केको सर्तमा पनि लागु हुन्छ यो प्रवृत्ति ।

बद्री मास्केको उन्नति, प्रगति, व्यक्तित्त्व निर्माण, मान, मर्यादा र प्रशंसाको भागिदार मात्र बद्री दाईलाई बनाइयो भने वहाँको जीवनसाथी, धर्मपत्नी चित्र कुमारी मास्केप्रति ठुलो अन्याय हुन जान्छ भन्ने मेरो मान्यता छ । बद्री दाईको सफलता, लोकपृयता, मान, उचाई र सेवाभावको व्याख्या र विवेचना गरिरहँदा वहाँलाई खुसी राख्ने, भरथेग गर्ने, उर्जा थप्ने, प्रोेत्साहित गर्ने, उत्साही बनाउने र रातसाँझ समयमा नखाई सहभोजनको लागि कुरेर बस्ने अनि समग्र रूपमा वातावरण निर्माण गरिदिने वहाँकी श्रीमती चित्र कुमारी मास्के धन्यवादको पात्र हुनुहुन्छ।वहाँले बद्री दाईको जीवनको पहिरो थाम्नु भएको छ । उध्रिएका सपनाहरू सिलाउनु भएको छ र प्रिति पोख्दै हृदयमा शित्तल मलहम बनेर बस्नु भएको छ । पाईला पाईलामा चित्र कुमारीको यस्तै साथ सहयोग र समर्थन अनि प्रत्यक्ष वा परोक्ष सहभागिता हुँदैन थियो भने बद्री दाई एक्लैले यो उचाई प्राप्त गर्न सम्भव नै थिएन । त्यसैले हामी वा हाम्रो समाज बद्री दाई र चित्र कुमारी भाउजु दुवैप्रति अनुगृहित हुनुपर्छ ।

सफलता र लोकपृयता एक दिनको चमत्कार होईन । यो त बद्री दाईको लामो समयदेखिको असल बानी अनि उत्तम कृयाकलापहरूको समष्टिगत रूप हो । “महात्मा गान्धी लगौँटीमा सुहाएका थिए” । बद्री दाईले पनि हाम्रो समाजमा राम्रो देखिनका लागि टाई र सुटको बोक्रामा ठाटिनु पर्ने वाध्यता म देख्दिन । सामान्य पहिरनमा पनि उच्च व्यक्तित्व झल्कने छुट्टै छवि, परिचय निर्माण गर्नु भएको छ बद्री मास्केले ।

यो लेखमा बद्री मास्केको प्रशंसामा धेरै शब्दहरू खर्चिएँ मैले । यसको मतलब वहाँको कमिकमजोरी नै छैनन् भन्ने मान्यता राख्न हुँदैन । मेरो बुझाईमा बद्री मास्केमा पनि मानविय कमजोरीहरू छन् तर तिनले घर, गाउँ, समाज र राष्ट्रलाई कमजोर बनाएका छैनन् भन्ने लाग्छ मलाई। यदि कमजोर नै बनाएका छन् वा नोक्सान नै पारेका छन् भने पनि सायद बद्री मास्केलाई नै पारेका हुन सक्छन्।

आज मैले आफ्नो मन केही हल्का भएको महशुस गरेको छु । बद्री मास्केको सामाजिक तथा पारिवारिक गुणको बदलामा दिने कुरा मसँग केही थिएन । हुन त यो मेरो लेख रसात्मक तथा लालित्यपूर्ण छैन । कलात्मक त झन् छँदै छैन । भाषिक सामर्थ्य वेगरको “अर्थ्हिन शब्दहरूको विस्कुन” मात्र भएको अभिव्यक्ति हुन सक्छ अपितु एउटा गुँणी र परोपकारी व्यक्तिको जीवनको यथार्थ फोटोकपि समाज सामु जानिनजानी प्रस्तुत गर्ने अवसर मिलेकोमा भने सन्तोष लागेको छ मलाई ।

बद्री मास्केजस्तो एउटा समाजसेवी र सफल व्यवसायीको अनुहारमा भोलीको उज्यालो गोरखाको प्रतिविम्व देखिरहेछु मैले । वहाँको आवश्यकता र अपरिहार्यता हाम्रो समाजलाई सधै छ, निरन्तर छ। सामाजिक समस्या समाधानको लागि वहाँले अझै कृयाशिल हुनुै पर्छ र सकृय जीवन बाँच्नै पर्छ । स्वस्थ र दीर्घ जीवनको शुभकामना बद्री दाई ।

प्रतिक्रिया दिनुहोस्