| आइतवार, साउन २, २०८३

बाह्रकिलो बजारमा वन क्षेत्र संरक्षण र वृक्षरोपण

पसल प्रयोजनका लागि बनेका घर टहरा हटेसंगै गोरखाको बाह्रकिलो बजारस्थित वन क्षेत्रको जग्गा संरक्षण र वृक्षरोपण गरिएकोे छ ।
डिभिजन वन कार्यालय गोरखाले यसअघि घर टहरा रहेका ठाउँ तथा ओख्लेपाखा सामुदायिक वनको जग्गा तारबार गरेर संरक्षण गरेको हो ।
सो क्षेत्रमा वृक्षरोपणसमेत गरिएको डिभिजनल वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए । कल्की, गुलमोहर, अम्बा, बकाइनो, परिजात, चाँप, वीरेन्द्र पूmल, लप्सीलगायतका रुख प्रजातिका ५० वटा विरुवा रोपिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्