
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको सचिवमा गोरखाका किरण ढकाल चयन
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा गोरखाका किरण ढकाल चयन भएका छन् । संघको चौथो पूर्ण बैठकले प्रदेश कमिटीको सचिवमा ढकाललाई चयन गरेको हो।
ढकाल यसअघि राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको सहसचिवका रूपमा कार्यरत थिए।




