
रुइला नाकामा संयुक्त सुरक्षा गस्ती
गोरखा र तिब्बतको सीमामा अवस्थित रुइला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । चुमनुब्री १ साम्दोमा अवस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट(बिओपी)बाट खटिएका र नेपाल प्रहरीको प्रहरी चौकी सामागाउँबाट खटिएका सुरक्षाकर्मीहरुको संयुक्त टोलीले मंगलबार संयुक्त गस्ती गरेका हुन् ।
बिओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक आकास सूचीकार नेतृत्वको सात जना, प्रहरी चौकी सामागाउँबाट खटिएका तीनजना र स्थानीय प्रतिनिधिहरुको संयुक्त टोलीले रुइला नाकाको ३५ नंबर पिलर रहेको रुइला नाकाको संयुक्त गस्ती गरेको हो ।
नियमित गस्ती गर्ने क्रममा मंगलबार पनि गस्ती गरिएको हो । अहिले सीमा खुल्ला गरिएको र सीमा क्षेत्रमा तिब्बती हाट बजार खुलाइएकाले गस्ती गरिएको हो । आगामि दिनमा पनि मासिक रुपमा नियमित गस्ती गरिने प्रहरीले जनाएको छ ।




