| बिहिबार, साउन १३, २०८३

निवृत्त शिक्षक समाजद्वारा चारजना गुरु सम्मान

निवृत्त शिक्षक समाज गोरखाद्वारा चार जना गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घ सेवा गरेर निवृत्त भएका चार जना शिक्षकहरुलाई सम्मान गरिएको समाजका सचिव अनन्त न्यौपानले जानकारी दिए ।
समाजका जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिका ८ का चुणामणि कट्टेल, पालुङटारका तोयानाथ न्यौपाने, बक्राङका होमनाथ अर्याल र सिरानचोकका तुलसीप्रसाद पोखरेल सम्मानित भएका हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा मेयर राना मगर, निवृत्त शिक्षक समाजका केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरेन्द्रजंग थापा, समाजका पूर्व केन्द्रीय उपाध्यक्ष गेहेन्द्रराज विष्ट, समाजका केन्द्रीय प्रतिनिधि प्रेमबहादुर थापा, आजिवन सदस्य मालती भट्ट, पालिका समितिका अध्यक्षहरुको तर्फबाट सिरानचोक पालिका समितिका अध्यक्ष रुद्रनाथ पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सोही अवसरमा निवृत्त शिक्षक समाज, गोरखा जिल्ला समितिको परिषद सम्पन्न भएको छ । अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न परिषदले जिल्ला सचिव अनन्त न्यौपानेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शिवराम कट्टेलको आर्थिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको छ ।
सोही अवसरमा समाजको गोरखा नगर समितिको दोस्रो अधिवेशन पनि सम्पन्न गरेको छ । बाबुराम विश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै नगरसभा सम्पन्न गरेको हो । जसको सचिवमा हरिभक्त कट्टेल, कोषाध्यक्षमा बाटिका सापकोटालाई चयन गरेको छ ।
कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्