| शनिबार, जेष्ठ १५, २०८३

भारतीयले गरे फिल्म बनाउन गोरखाको अध्ययन

गोरखाको पार्क र पर्यटन

मानिस पार्क किन खोज्छन्, रोज्छन् । रमाईलो भएर, एकान्त चाहेर, सुन्दर पार्क, पार्कबाट देखिने दृष्याबलोकन, यस्तै यस्तै कारण हुन सक्छ । परिवार सँगको जमघट, युवायुवतीको प्रेमलाप, तनाब, खुसी यस्ता धेरै अनुभव लिएर पार्कमा जानेहरुको जमात बाक्लै हुन्छ । सबैको आफ्नै उद्देश्य योजना हुन्छन् पार्कमा जानुमा । जे होस् पार्क सबैको रोजाईमा पर्छ । पार्कमा जाने धेरै पर्यटक भने बाह्य भन्दा आन्तरीक धेरै हुँदा रहेछन् । गोरखा सदरमुकाममा पछिल्लो समय यहाँको पार्क र सुन्दर दृष्याबलोकन गर्ने ठाउँहरुले पर्यटकको ध्यान खिचिरहेको छ । बेलुकीपख होस् या शनिवार वा अन्य कुनै बिदाको दिन । गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर रहेको चिल्डूेनपार्कमा मानिसहरुको चहलपहल बाक्लै देखिन्छ । त्यहाँबाट करिब एक किलोमिटर पर पश्चिमकाली मन्दिरछ । समान्य तिथी पर्वहरुमा त्यहाँ पुजाआजा गर्नेदेखि एकान्त रोज्नेहरु दिउँसैपनि पुगिरहेका हुन्छन् । बनभोज खानेहरुका लागि त्यो ठाउँ लोभलाग्दो छ । पानी बत्ती, ओत लाग्ने पाटी, मन्दिर, सजिलै सवारी साधन पुग्ने भएकाले पनि पश्चिमकाली बनभोज स्थल बन्न पुगेको छ । सल्लाका अग्ला रुखहरु र त्यहाँबाट देखिने दरौँदी नदी किनारका समथर फाँटहरुले मनै लोभ्याउँछ । माथिको चिल्डूेनपार्क पनि कम्ती छैन । लिगलिगकोट देखि गोरखा सदरमुकामको बजार क्षेत्र पुरै देखिन्छ । झण्डै ८ करोड लगानीमा त्यहाँ पार्कभित्र संरचना निर्माण हुँदैछ । त्यसपछि त झनै आन्तरीक मात्रै होईन बाह्य पर्यटकको पनि ओईरो लाग्न सक्छ । नारगरपालिका, जिल्ला समन्वय समिति लगायतका बिकासे अड्डाले वर्षौँदेखि त्यस क्षेत्रमा आन्तरीक र बाह्य पर्यटकलाई पु¥याउने योजनाका साथ लाखौँ लगानी गरे । भलै संरचना निर्माण, मन्दिर जिर्णोद्धार, ब्यवस्थापन, सरसफाई भएको छ तर सोचे अनुसार पर्यटक त्यहाँ पुग्न भने सकेका छैनन । पश्चिमकाली पुग्न गोरखा सदरमुकामको बसपार्कमा सार्वजनीक सवारी साधनबाट झरेपछि ट्याक्सीबाट सजिलै पुग्न सकिन्छ । रिर्जभ गाडीहरु पनि त्यहाँ पुग्न असजिलो छैन । बसपार्कबाट हिँडेर करिब १५ मिनेटमा सजिलै पुगिन्छ । धारापानी, रोहोटेपानी, पश्लाङहुँदै र अर्को बाटो नयाँ बजार, डण्डीडाँडा, गोरखा क्याम्पस जाने सडक हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । ठुला सल्लाका रुखहरु रहेको अवरपर जंगलको बिचमा सुन्दर पश्चिमकाली मन्दिर छ । खड्गदेवी मन्दिरमा पुजाआजा गर्नेहरुको तिथी पर्वमा लर्को लाग्ने गर्छ । सौचालय र पानीको समेत ब्यवस्था, पानी परेका बेला बस्ने प्रतिक्षालय, बिजुली बत्तीको ब्यवस्था भएकाले त्यहाँ बनभोज खान आउने समुहको उपस्थित बाक्लै छ । पश्चिमकाली भन्दा केहीवर खुल्ला, ठुलो फराकिलो डाँडो ‘चिल्डूेनपार्क’ पर्छ । दरौँदी नदीको समथर फाँट, गोरखा सदरमुकामको पुरै बजार क्षेत्र देखि गोरखकाली मन्दिर रहेको डाँडो मनमोहक देखिन्छ । ऐतिहासिक धार्मीक पर्यटकिय स्थल लिगलिगकोट देखि बारपाक सम्म को डाँडो र उत्तरी भेगका हिमाल मौसम खुलेका बेला टलक्क टल्किएका हुन्छन् । त्यहाँ पुगेर दृष्याबलकोन गर्न रमाईलो ठाउँ छ । अहिले ‘चिल्डूेन पार्क’ मा संरचना निर्माणको क्रम पनि सुरु भएको छ । पहिले भन्दा पार्कमा अहिले संरचना थपिँदो छ । यस अघि पनि गोरखा नगरपालिकाले वर्षेनी त्यसक्षेत्रमा पर्यटकलाई पु¥याउन बसाई लब्याउन भन्दै लगानी गर्दै आएको छ । सदरमुकामको कोलाहाल बातावरण भन्दा बाहिर पर्ने भएकाले पनि साँझपख त्यहाँ मनभुलाउन जानेको जमात बाक्लै हुन्छ । युवा युवतीको भेटघाट गर्ने वृद्धवृद्धाको टहलिने ठाउँ बनेको छ चिल्डेून पार्क ।टपक्क परेको थुम्को । छेउछाउमा केही घरहरु । एकातर्फ छेउमा भिएर हेर्दा अश्राङ, बोर्लाङ, बुङ्कोट, फिनाम र बेसीका समथर फाँट । अर्कोतिर भच्चेक लिगलिग डाँडादेखि भच्चेको रमाईलो डाँडाकाँडा । उत्तरी गोरखामा टल्लक चम्किएको हिमाल । नजिकै माथि कालिका मन्दिर । यो मनमोहक दृष्यदेखिने ठाउँ हो गोरखा नगरपालिका ४ को भिमसेन पार्क । गोरखा सदरमुकामबाट गोरखकाली दरबार सम्मको कालोपत्रे बाटो । दरबार पुग्न करिब तीन सय मिटर वरबाटै दयाँ तर्फको कच्ची सडक भएर भिमसेन पार्क पुगिन्छ । त्यहाँबाट झण्डै दुई किलोमिटरको कच्ची सडक हुँदै दयाँबायाँ फाट्टफुट बस्ती, फलफलुका बिरुवा र बुट्यानहरु हेर्दै भिमसेन पार्क पुगिन्छ । गोरखा सदरमुकामको बसपार्क बाट करिब १५ मिनेटको सवारी यात्रापछि अहिले भिमसेन पार्क सजिलै गईन्छ । नेपालका पूर्व प्रधानमन्त्री भिमसेन थापाको इतिहास सँग जोडिएको पार्क तीन करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क अहिले निर्माणाधिन छ । त्यहाँ भित्र बार लगाइएको छ । फुल, धुपीका बिरुवा लगाइएका छन् । हिड्ने बाटोमा ढुङ्गा बिछ्याइएको छ । हेर्दा रमाईलो देखिने गरी फुल रोपिएको छ । चिसो हावा चलिरहन्छ । पार्क भित्र पुगेपछि त्यहाँ केही बेल टहलिनका लागि प्रतिक्षालय बनाइएको छ । घुम्न जानेहरुलाई बस्न सिमेन्टको मेच तयार भईसके । शौचालय पनि बनेको छ । त्यहाँ पुगेपछि जो कोहीलाई पनि भिमसेन पार्कले मन लोभ्याउँछ फेरी पनि आउँ आउँ बनाउँछ । हिजोआज भिमसेन पार्कमा जाने, घुम्ने, केही समय बिताउने, गफिने, डूाईफुड खाने, प्रेमी प्रेमीका घुम्ने, चिसो हावा खाएर फर्कने क्रम बढेको छ । सामाजिक सञ्जालहरुमा रमणिय दृष्य सहितको फोटो पोष्ट गर्नकै लागि पनि युवा युवतीहरु जमातमा पनि पार्क जाने क्रम ह्वातै बढेको छ । यसले गोरखा सदरमुकामको पार्कलाई ब्यवस्थापन गर्न सक्ने हो भने आन्तरीक पर्यटक भित्र्याउने गतिलो माध्याम सदरमुकामको काँठमा रहेका यहाँका पार्कहरु बन्न सक्छन् । तर गोरखा सदरमुकाम भित्रै भएर पनि भिमसेन पार्कको प्रचार प्रसार हुन नसक्दा त्यहाँ पर्यटक जान सकेका छ्रैनन । त्यहाँ भिमसेन थापाको पूर्ण कदको शालिक राख्ने गरी तयारी भईरहेको गोरखा नगरपालिकाले जनाएको छ । शालिक राख्ने ठाउँपनि छुट्याइएको छ । करिब दुई किलोमिटर सडक कच्ची हुँदा आन्तरीक तथा बाह्य पर्यटकलाई त्यहाँ सम्म पुग्न पनि कठिन भएको छ । अब केही समय पछि भने त्यहाँ सम्म पुग्ने बाटो सहज भएपछि पर्यटक अझै थपिने स्थानीयको अनुमान छ । उक्त पार्कमा पहिले भिमसेन थापाको सन्तानले राजाबाट बस्किस पाएर गोरखकाली दरबारमा दशैँ पुजा हुँदा त्यहाँ पनि छुट्टै पुजा गर्न पाउँथे । दरबारबाटै उनीहरुका लागि त्यहाँ पुजा गर्ने पुरोहीत, बली दिने राँगा, बोकाको पनि ब्यवस्था हुन्थो । दरबार हत्याकाण्डपछि त्यो क्रम हटेपनि स्थानीयले आफैँ बलि जुटाएर दशैँको बेला अहिले पनि भिमसेन पार्कमा पुजा गर्छन । त्यहाँ एउटा मौलो पनि छ । त्यहाँ नै राखेर बली चढाईन्छ ।
गोरखामा पर्यटक नआउने होईन तर आएकालाई टिकाउन सकिएन भन्ने चिन्ता यहाँका पर्यटन ब्यवशायीले गरिरहन्छन् । पश्चिमकाली मन्दिर, चिल्डेन पार्क र भिमसेन पाकृ पर्यटकलाई समय बिताउने उपयुक्त माध्याम हुन्छ । अब भने यी पार्कहरु सम्म जाने सडक भने कालोपत्रे गर्नु र त्यहाँको ब्यवस्थापनमा नगरपालिकाले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्