| बिहिबार, जेष्ठ १३, २०८३

कुकुर व्यवस्थापनमा धार्चेको सह्रानीय कदम

धार्चे गाउँपालिकाले लापुबेशीदेखि दोभानसम्मका बजार क्षेत्रमा डुलिहिड्ने ९२ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा स्वास्थ्य व्यवस्थापन गरेर स्थानीय सरकारको सक्रियताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कुकुरहरूको संख्या अनियन्त्रित रूपमा बढ्दा समाजमा रेबिज जस्तो घातक रोगको भय र दुर्घटनाको जोखिम सधैँ रहिरहन्छ । यस्तो अवस्थामा परम्परागत र अमानवीय रूपमा कुकुर मार्ने विकल्पलाई त्यागेर, पशु अधिकारको कदर गर्दै गाउँपालिकाले अपनाएको ’बन्ध्याकरण’ नीति आधुनिक र वैज्ञानिक छ । यो प्रयासले “सर्प पनि मर्ने, लौरी पनि नभाँचिने“ नेपाली उखानलाई चरितार्थ गरेको छ ।

बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप समेत दिइँदा भविष्यमा रेबिज रोग महामारीका रूपमा फैलिने जोखिम निकै कम हुन्छ । सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धिमा जैविक ब्रेक लाग्नेछ, जसले गर्दा बजार क्षेत्र थप सुरक्षित र सफा बन्न मद्दत पुग्छ । प्रचलित पशु अधिकार कानुनको उल्लंघन नगरी, जीवप्रति करुणा राख्दै समस्याको समाधान खोजिनु आफैँमा सभ्य समाजको परिचायक हो ।

कुकुरहरूलाई लठ्याएर सुरक्षित रूपमा माछाखोला ल्याउने, उपचार गर्ने र निको भएपछि पुनः पुरानै स्थानमा छाड्ने गाउँपालिकाको कार्यतालिका निकै व्यवस्थित र वैज्ञानिक देखिन्छ ।

कुनै पनि अभियान सतही रूपमा मात्र सफल भएर पुग्दैन, यसका प्राविधिक र व्यावहारिक पाटामा ध्यान दिनु जरुरी छ । बन्ध्याकरण गरिएका कुकुरहरूलाई पूर्ण रूपमा निको नहुँदै (मंगलबार नै) सडकमा छाड्दा, खुला वातावरणका कारण घाउ पाक्ने वा सङ्क्रमण हुने जोखिम रहन्छ ।

पहिलो चरणमा ९२ वटा कुकुरको मात्र बन्ध्याकरण गरिएको छ । बजार क्षेत्रका बाँकी र ग्रामीण भेगका कुकुरहरू छुट्दा अभियानको दीर्घकालीन प्रभाव कमजोर हुन सक्छ । यस्ता कार्यक्रमहरू खर्चिला हुने भएकाले आगामी वर्षहरूमा बजेट अभावका कारण यो केवल ’एकपटकको फेसन’ मा मात्र सीमित हुने खतरा रहन्छ ।

धार्चे गाउँपालिकाको यो सुरुवात आफैँमा एउटा कोशेढुङ्गा हो। तर, यसलाई परिणाममुखी र दिगो बनाउन आगामी दिनमा निम्नलिखित कुराहरूमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्