
सडक स्तरोन्नति गर्दा लामो समयबजार अस्तब्यस्त नहोओस्
गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर नेतृत्वको टिमले यो कार्यकालमा गरेका राम्रा कामहरुमध्य पहिलो नम्बरमा पर्छ,
गोरखा बजारभित्रको सडक स्तरोन्नति । पहिलो चरणमा शक्तिचोकस्थित खोपीधारा खोल्सादेखि बसपार्कसम्मको सडक
स्तरोन्नतिको कामले नगरपालिकाले श्रेय कमाएको छ । यद्यपि अस्फाल्ट कालोपत्रे हुन नसक्दा केही काम अझै बाँकी नै रहेको
देखियो ।
अहिले दोस्रो चरणमा सोही खोपीधारा खोल्सीमा कल्भर्ट निर्माण गर्न लागेको छ । त्यस्तै बिसौनी मोडको दुवै छेउमा फुटपाथ
निर्माणको काम गर्न लागेको छ । त्यस्तै हरमटारीचोकदेखि नगर पालिकाचोकसम्मको सडकमा चौडा बढाउने(फराकिलो बनाउने), फुटपाथ र नाला बनाउने काम पनि गर्दै छ । दोस्रो चरणको कामको गत चैत महिनामा ठेक्का सम्झौता भएर
पनि काम सुरुवात भएको छ ।
सात करोडमा काम सम्पन्न गर्न अमृत कन्स्टूक्शन, आरके कन्स्टूक्शन र युनिक कन्स्टूक्शनको ज्वाइण्ट भेञ्चरले गोरखा
नगरपालिकासंग सम्झौता गरेको छ । आउँदो २०८४ सालको असोज १६ गतेभित्र काम सम्पन्न गर्नेगरी सो जेभीले गत २०८२
चैत १६ गते ठेक्का सम्झौता गरेको हो । यो गोरखा बजारबासीका लागि सुखद खबर हो । तर बसपार्क टोलको सडक स्तरोन्नतिका क्रममा धेरै लामो समयसम्म बजार अस्तव्यस्त रह्यो ।
फटाफट काम नहुँदा लामो समयसम्म बजारमा धुलो उँड्ने, मान्छेलाई आवतजावत गर्न कठिन हुने, सवारी साधनलाई शक्तिचोकदेखि बसपार्कसम्म पुग्न पनि धौ धौ हुने जस्ता समस्या भए । धुलोले पसलका सामानहरु पनि बिग्रिने, मान्छेहरुलाई पनि धुलोले असर गर्ने समस्या भयो । यस्तो बिडम्बना हरमटारी टोलले भोग्नु नपरोस् । नियमित पानी हाल्ने ब्यबस्था हुनु अनिबार्य छ । त्यस्तै मुख्य बजार क्षेत्र भएकाले यथासीघ्र निर्माणको काम हुनु जरुरी हुन्छ ।




