| शुक्रबार, जेष्ठ १४, २०८३

चुमनुब्रीले गर्यो उत्कृष्ट विद्यार्थी, शिक्षकतथा विद्यालय सम्मान

चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षक
तथा विद्यालयलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समिति पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो । शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले शिक्षक र विद्यार्थीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्नु सकारात्मक संस्कार भएको बताए। कार्यक्रममा एसईई २०८१ तथा २०८२ मा शतप्रतिशत तथा ९० प्रतिशतभन्दा माथिको नतिजा ल्याउने ल्हो माविलाई सम्मान गरि एको थियो ।

त्यस्तै शैक्षिक उपलब्धिलाई उच्च बनाउन सफल शिक्षकहरुलाई सम्मान गरिएको थियो । यसै गरी माध्यमिक शिक्षा परीक्षा २०८१ तथा २०८२ एवम् आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ र कक्षा ५ २०८१ र २०८२ मा उत्कृष्ट जिपिए सहित कक्षा उतीर्ण हुन सफल विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षक तथा विद्यार्थीहरुलाई गाउँपालिका बाट सम्मान प्रत्र र नगद पुरस्कार रु पाँच हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्