
गोरखामा मुटु स्वास्थ्यसम्बन्धी निशुल्क शिविर हुने
गोरखामा शनिबार र आइतबार मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ गोरखासंग सहकार्य गरी सम्भव नेपालले शिविरको आयोजना गर्न लागेको हो । सेभ द हर्ट मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्रदेश अस्पताल गोरखाको प्राविधिक सहयोगमा निशुल्क दुई दिने शिविर गर्न लागेको हो ।
शिविरमा सेण्टरका वरिष्ट मुटुरोग विशेषज्ञ चिकित्सक अनील भट्टराई नेतृत्वको टिम सहभागी हुनेछन् ।
शिविरमा निशुल्क रुपमा इसिजी, इको परीक्षण गरिनेछ । नयाँ बिरामीको स्कृनिङ तथा पुराना मुटुका बिरामीलाई फलोअप चेकजाँच हुनेछ ।
शिविर प्रदेश अस्पताल गोरखामा हुन लागेको रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष किशोरजंग थापाले जानकारी दिए ।





