
काशिगाउँका एक युवकको मलेसियामा मृत्यु
वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका काशिगाउँका एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका ६ काशिगाउँका ४२ बर्षिय सेते गुरुङको मलेसियामा मृत्यु भएको हो । उनको हृदयघातका कारण सोमबार मृत्यु भएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए । उनको अन्तिम संस्कारका लागि शवलाई नेपाल ल्याउने तयारी भैरहेको उनको भनाई छ ।




