| सोमवार, जेष्ठ १०, २०८३

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार धुम्बाराही निवासमा उनीहरूबीच नेपालर भारतको द्विपक्षीय हितमा छलफल भएको हो।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

‘भारतका विदेश सचिव विनय मोहन क्वात्रासँगको भेट उपलब्धिमूलक रह्यो। हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौं र जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं। हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो,’ सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा सोमबार नेपाल आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्