
मनकामना केवलकारद्वारा डेढकरोड राहत हस्तान्तरण
नेपालकै पहिलो केवलकार भनेर चिनिने मनकामना केवलकारले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ ।
केवलकारको सञ्चालक संस्था मनकामना दर्शन प्रालि र चितवन कोईका राजेशबाबु श्रेष्ठले राहत रकम एकरोड ५० लाख रुपैयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सो रकम योगदान गरेको श्रेष्ठले बताए ।




