
नेपालमा चाइनामा बनेका छ बिमान ग्राउण्डेड
‘मेड इन चाइना’ शब्दले नेपालमा नकारात्मक अर्थ दिन्छ, किनभने चाइनामा बनेका सामानहरू प्रायः घटिया, सस्तो र नक्कली हुन्छन् । जुन लामो समयसम्म टिक्दैन र प्रायः मूल्यको लायक हुँदैन । नेपाल एयरलाइन्सले पनि यसको कठिन सामना गरिरहेको छ ।
उडान भर्न नसक्ने भएको भन्दै एयरलाइन्सले चिनियाँ उत्पादन भएका ६ वटा विमानलाई ग्राउण्डेड गरेको छ । त्यसलाई पुन उँडान भर्ने बनाउन भारी मर्मत आवश्यक पर्दछ ।
नेपाल वायुसेवा निगमले सन् २०१४ देखि २०१८ को बीचमा चीनमा निर्मित विमान खरिद गर्दा ठूलो नोक्सानी भइरहेको र थप घाटा रोक्न आफूले हटाउन चाहेको बारम्बार बताउँदै आएको छ ।
सन् २०२० मा नेपाल एयरलाइन्सका बोर्ड सदस्यहरूले पहिलो ब्याच काठमाडौंमा अवतरण गरेको ६ वर्षपछि आएका विमानहरूलाई ग्राउन्ड गर्ने निर्णय गरेका थिए ।
जम्मा ६ वटा चिनियाँ विमान थिए– २ एमए ६० र ४ वाई १२ ई । नेपाललाई एउटा अनुदानस्वरुप दिइएको थियो । नेपालले सरकार–सरकार सम्झौतामा चारवटा किनेको थियो । जसमा १ एमए ६० र ३ वाई १२ ई । समावेश थिए, यद्यपि नेपालले वाई १२ इ २०१८ मा दुर्घटनामा गुमाएको थियो ।
नेपाल वायुसेवा निगमका एक अधिकारीले यी विमानहरूको सञ्चालन ‘नेपालका लागि फाइदाजनक नहुने’ डब्ल्युओएनलाई बताए ।
‘हामीले यी विमान सञ्चालनमा प्राविधिक समस्या भोगिरहेका छौँ । स्पेयर पाट्र्स सजिलै उपलब्ध छैन र विमान मर्मत महँगो र समय लाग्छ । यी विमानहरू चलाउनका लागि विशेष सीप भएका पाइलटहरू चाहिन्छ जुन हामीसँग छैन । चीनमा पाइलट छन् तर भाषिक अवरोधका कारण नेपालमा पाइलटको तालिम सम्भव छैन,’ नाम नखुलाउन चाहने अधिकारीले भने ।
‘हामीले चीनसँग सहयोगका लागि सम्पर्क गरेका थियौं तर उनीहरुको तर्फबाट अहिलेसम्म कुनै पहल भएको छैन। नेपाल वायुसेवा निगमको सञ्चालक समितिले नेपाली पाइलटलाई तालिम दिने विषयमा छलफल गर्न दैनिक बैठक बसीरहेका छन् तर हामीले त्यसबारे निर्णय गर्न बाँकी छ,’ स्रोतले भन्यो ।
सम्झौता हुँदा नेपाल वायुसेवा निगमसँग चिनियाँ विमान उडाउने तालिमप्राप्त पाइलट थिएनन् । छ वर्षपछि पनि अवस्था उस्तै छ ।
ूयो एक फरक विमान हो जसलाई फरक प्रशिक्षण चाहिन्छ । दुर्लभ विमान भएकाले स्पेयर पाट्र्सको सानो मात्रामा उत्पादन हुने गरेको छ । यी विमानका धेरै स्पेयर पाट्र्सको वारेन्टी अवधि सकिएको छ । यी विमानहरूको सञ्चालन हाम्रो लागि लाभदायक छ र छैन तर पनि हामी नेपाली जनतालाई सेवा प्रदान गर्ने जिम्मेवारी भएकाले एउटा विमान प्रयोगमा ल्याउने प्रयास गरिरहेका छौं ।
नेपाल वायुसेवा निगमले सञ्चालन गरेका विमानहरू नेपालको अर्थ मन्त्रालयको स्वामित्वमा छन् ।
नेपाल वायुसेवा निगमले ऋणमा यी विमान खरिद गरेको थियो । त्यसबेलादेखि, क्यारियरले भुक्तानी गर्न संघर्ष गरिरहेको छ, विशेष गरी यी विमानहरू पूर्ण रूपमा प्रयोग हुन सकेको छैन।
सम्झौताअनुसार नेपाल सरकारले चिनियाँ पक्षलाई वार्षिक १।५ प्रतिशत ब्याजदर र सेवा शुल्क र व्यवस्थापन खर्च अर्थ मन्त्रालयले लिएको कुल ऋण रकमको ०।४ प्रतिशत रकम बुझाउनुपर्नेछ । त्यसपछि मन्त्रालयले नेपाली वाहकलाई प्रवाहित ऋणको रकममा ८ प्रतिशत वार्षिक ब्याज लिन्छ।
नेपाल वायुसेवा निगमका अर्का एक अधिकारीले डब्ल्युओएनलाई ३५।१ मिलियन अमेरिकी डलरको ऋण अर्थ मन्त्रालयलाई तिर्नुपर्ने बताए ।
चीनले सन् २०१४ देखि २०१८ सम्म यी विमानहरू उपलब्ध गराए पनि क्षमता अभिवृद्धिमा नेपाललाई केही सहयोग गरेन।
नेपाल वायुसेवा निगमका अर्का एक अधिकारीले भने, ‘विमान चल्दैनन् भने निगमले ऋण किन तिर्ने ?
नोभेम्बर २०११ मा, जब विमानको बिक्री सुरु भयो, बंगलादेश र नेपाल दुवैका प्राविधिक टोलीहरू ःब्टण्क र थ्ज्ञद्दक को निरीक्षण गर्न चीन गएका थिए।
बंगलादेशले उक्त विमान ‘उपयुक्त नभएको’ ठान्दा नेपालले छ वटा विमान खरिदका लागि एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइना ९एभिआईसी०सँग सम्झौता गरेको थियो ।
(सलोनी मुरारकाबाट साभार सहित)




