| सोमवार, कार्तिक २३, २०८३

कोरोनाका बेला चिसोबाट जोगिउँ

केहीदिनदेखि चिसो बढेको छ । मौसम बदलिएसँगै तल्लो भेगमा जाडो बढेको छ भने माथिल्लो गोरखामा हिमपात भएको छ ।

अहिले विश्वभर कोभिड फैलिरहेको छ । बिगत एकबर्षदेखि विश्वभर सल्किएको कोभिडको डँडेलोले विश्वका प्राय देशमा भाँडभैलो मच्चाइ रहेको छ । दैनन्दिन नयाँनयाँ रेकर्ड कायम गर्दै कोभिडले विश्वमा आतंक मच्चाइरहेको छ ।

एक महिना, दुई महिना, तीन महिनामा समाधान होला भन्ने आशा गर्दागर्दै यसको राज एक बर्ष पुगेको छ ।

रुघाका लक्षणबाट सुरु हुने यस रोगले फोक्सोमा आक्रमण गरेर मान्छेलाई मृत्यूको मुखमा पुर्‍याउँछ ।

त्यसैले यो चिसोका बेला मान्छेहरुले विशेष गरी चिसोका बेला सजग रहनुपर्छ । सचेत रहनुपर्छ । चिसोका बेला मान्छेहरुलाई भाइरलले आक्रमण गर्न सजिलो हुन्छ र यही मेलोमा प्रतिरोधी क्षमता कम भएको मौका छोपी कोरोना भाइरसले आक्रमण गरेमा बिसेक हुन कठिन बनाउँछ ।


यसो भन्दैमा चिसोमा कोरोना ब्यापक फैलन सक्छ भन्न खोजिएको होइन, किनभने गर्मीमा पनि यो न्यूनिकरण भएन । तर तुलनात्मक रुपमा तातोका बेला भन्दा चिसोका बेला कोरोना फैलन सक्ने अबस्था बढि हुन्छ । त्यसैले यस्तो बेला सबै सचेत रहौं । तातोपानीको अधिक सेवन गरौं । साबुनपानीले हात धुने, मास्क लगाउने कामलाई नियमित प्रक्रियाकै रुपमा लिउँ ।

जसरी घरबाट बाहिर निस्कँदा मोबाइल, पर्स आदि लिनु अनिबार्य सर्तजस्तो बनेको छ भने अब मास्कलाई पनि यस्तै अनिबार्य सर्तको रुपमा लिनुपर्छ । मान्छेहरुका बीच कायम हुनुपर्ने भौतिक दुरी पनि नबिर्सौँ ।

अहिले कहीँकतै लकडाउन छैन । कामबश बाहिर हिँडडुल गरिरहेकामध्य पनि सबै संक्रमित भएका छैनन् । जसले स्वास्थ्य सावधानीका उपायहरु अपनाएका छन्, उनीहरु जोगिएका हुन् । त्यसैले यसप्रति सबैजना सचेत, सजग रहौँ ।

प्रतिक्रिया दिनुहोस्