| सोमवार, कार्तिक २३, २०८३

रोटरी क्लब अफ बज्र मनास्लुको आयोजनामा बारपाकमा स्वास्थ्य शिविर

दरौंंदी ः गोरखाको बारपाकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनास्लुको आयोजना तथा विज्ञान पोलिक्लिनीक तथा अर्याल मेडिकल हल नयाँ बजारको प्राविधिक सहयोगमा हिमालय मावि परिसरमा निशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा चार सय २३ जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ९३ जनाले स्त्रीरोग र ९२ जनाले भिडीयो एक्सरे सेवा लिएका मिलन ढकालले जानकारी दिए । शिविरमा निशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ बसन्त शर्मा, मुटु रोग विशेषज्ञ हरिकृष्ण ढकाल, डाक्टर सुजता नगरकोटी, डाक्टर सुजाता गौतम, डाक्टर नविन भट्टराई र डाक्टर विनोद दवाडीले बिरामीको जाँच गरेका थिए ।
रोटरी क्लब अफ बज्र मनास्लुका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु भट्ट, वडाअध्यक्ष लालबहादुर गुरुङ, रोशन विक, गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रत्न लामिछाने, हिमालय माविका प्रधानाध्यापक जनीबहादुर घले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्