विश्व पोलियो दिवसमा प्रभातफेरि
अन्तर्राष्ट्रिय पोलियो दिवसको उपलक्ष्यमा गोरखाका दुई रोटरी क्लवले संयुक्त रुपमा प्रभातफेरि गरेका छन् । रोटरी क्लव अफ गोरखा तथा रोटरी क्लव अफ बज्र मनास्लुले प्रभातफेरिको आयोजना गरेका हुन् ।
प्रभातफेरिमा रोट्रयाक्ट क्लव अफ गोरखा तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको पनि सहभागिता रहेको थियो ।
हरमटारीचोकदेखि सुरु भएको प्रभातफेरि बसपार्क, ठूलोआँगन, अस्पतालमार्ग हुदै हरमटारीचोकमा पुगेर समापन भएको थियो ।




