| शनिबार, भदौ ७, २०७६

गोरखा अस्पतालमा आङ खसेका १८ जना बिरामीको शल्यक्रिया

गोरखा अस्पतालमा सम्पन्न निशुल्क पाठेघर अपरेशन शिविरमा १८ जनाको अपरेशन भएको छ ।
गोरखा अस्पतालको आयोजना, केयर नेपालको आर्थिक सहयोग, स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वय तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सो शिविरमा ३७ जना बिरामीको रिङ प्रेसरी राखेर पठाइएको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक प्राध्यापक डाक्टर पवनकुमार शर्माको नेतृत्वको टिमले गत आइतबारदेखि बिहिबारसम्म उपचार सेवा दिएको हो ।
अपरेशनका लागि यसअघि बारपाक, सौरपानी, माछाखोला र गोरखा अस्पतालमै पाठेघर खस्ने समस्या भएका विरामीको पहिचान शिविर गरिएको थियो । बारपाकमा मंसीर २७ र २८ गते, मंसीर २९ र ३० गते सौरपानीमा, माछाखोलामा पुसको छ र सात गते र गोरखा अस्पतालमा चैतको ११, १२ र १३ गते पाठेघर खस्ने बिरामीहरुका लागि शिविर सम्पन्न भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्