| सोमवार, साउन २४, २०८३

बिमा कम्पनीले झुक्यायो, कोरोना बिमाको बिल अनुसार मात्रै भुक्तानी

१ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन्।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन्।

बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार ५० हजारको बीमा गर्नेले पनि कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने छन्।

आजदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै समितिले कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको हो।

यस अघि भने बिमा कम्पनीहरुले कोरोना पुष्टि भए लगत्तै पुरा रकम नगद दिने भन्दै धमाधम बिमा गराएका थिए । बिमा गराएपछि नियम फेरबदल गरेको भन्दै बिमा गराएकाहरुले भने यो निर्णयको बिरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्