
एक सयभन्दा बढी जनप्रतिनिधिमा कोरोना संक्रमित
कोरोना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय भन्दा बढी जनप्रनिनिधिहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना संक्रमण पुष्टि भएका जनप्रतिनिधिहरूको विवरण संकलन गर्न सुरु गरिएको बताए।
मन्त्रालयले बुधबार साँझसम्म संकलन गरेको विवरणमा देशभर करिब १ सय भन्दा बढी जनप्रतिनिधिहरूमा कोरोना पोजेटिभ देखिएको छ। मन्त्रालयका उपसचिव ऋषि आचार्यले प्रत्येक प्रदेशबाट छुट्टाछुट्टै विवरण संकलन गरिएको जनाए। मन्त्रालयले ७ वटा प्रदेशमा एक/एक जना फोकल पर्सन खटाएको छ। जनप्रतिनिधिहरू तथा स्थानीय तहका कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएमा त्यसको विवरण फोकल पर्सनले मन्त्रालयमा पठाउने गरेका छन्।




