| आइतवार, कार्तिक २२, २०८३

आज अहिले सम्मकै धेरै १२ सय २१ कोरोना संक्रमित थपिए

आइतबार देशभर कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ।

आज मात्रै केन्द्रिय कारागार काठमाण्डौँमा रहेका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्