
बुङ्कोट स्वास्थ्य चौकीमा आँखा शिविर
दराँैदी ः शहिद लखन गाउँपालिका ७ बुङकोट स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ । गोरखा लायन्स आई सर्जिकल सेन्टरको सहयोगमा हरेक महिनाको मंगलवार शिविर हुँदै आएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
शिविरमा ३७ जनाको आँखा जाँच गरिएको थियो । शिविरमा प्रस्तावित लायन्स आँखा अस्पतालका प्राविधिकले चेकजाँच गरेर निशुल्क औषधी दिएका थिए । जटिल समस्या देखिएकाहरुलाई आँखा अस्पतालमा रिफर गरेर शल्यक्रिया सहितको सेवा अस्पतालले दिँदै आएको वडा अध्यक्ष श्रेष्ठले बताए ।




