| आइतवार, कार्तिक २२, २०८३

असोज २ गते सरकारी अस्पतालमा टिकट निशुल्क

दरौंदी ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ।
असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट निशुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले निर्देशन दिएको हो।
‘संघीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरंग सेवा निशुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध छ, मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्