| आइतवार, कार्तिक २२, २०८३

फ्रान्सेलीद्धारा बुंकोटका स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण

शहिद लखन गाउँपालिका वडा नं ७ र ८ का स्वास्थ्य संस्थालाई फ्रान्सका नागरिकले विभिन्न सामाग्री सहयोग गरेका छन् । वडा नं ७ को बुङकोट स्वाथ्य चौकीमा ल्याब सञ्चालनका लागि आबश्यक सामाग्री र वडा नं ८ को सामुदायीक स्वाथ्य केन्द्रका लागि आबश्यक सामाग्री सहयोग प्राप्त भएको वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । मनोज एसोसियन फ्रान्स नेपालका संयोजक धन बहादुर गुरुङको पहलमा ग्रनवल युनिभरसिटी फ्रान्समा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुले पाचँ लाख रुपैयाँ बराबरका सामाग्री सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्