| आइतवार, कार्तिक २२, २०८३

माझथर माविमा स्वास्थ्य शिविर

गोरखाको बारपाक सुलिकोट गाऊँपालीका ३ स्वाँराको माझथर माविमा स्वास्थ्य शिविर भएको छ ।

कर्म फ्लाइट फाउन्डेसन नेपाल पोखराको प्रमुख आयोजना तथा बारपाक सुलिकोट गाँउपालिका बडा नम्बर ३, लायन्स क्लव अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्य चौकीको सहआयोजना तथा माझथर माविको ब्यवस्थापनमा शिविर भएको हो ।

दुईदिनसम्म चलेको शिविरमा स्वाँरा र सौरपानीका ९ शय ९६ जनाको स्वास्थ्य परिक्षण भएको स्थानीय सलिना गुरुङले बताईन् ।

शिविरमा हाड जोर्नी तथा नशा रोग, महिला तथा प्रसुती रोग, सामान्य चिकित्सा तथा बाल रोगको उपचार, दिसा, पिसाब, रगत जाँच, सामान्य घाउ खटिरा चिरफार तथा परिवार नियोजन सम्बन्धि सेवा र सल्लाह दिइएको उनले जानकारी दिईन् । यस्तै आयुसिडी तथा इम्प्लान्ट सेवा र बिशेष स्वास्थ्य परामर्श समेत प्रदान गरिएको गुरुङले बताईन् ।

प्रतिक्रिया दिनुहोस्