| आइतवार, कार्तिक २२, २०८३

आपँपिपल अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

गोरखाको आपँपिपल अस्पतालमा निशुल्क स्वास्थ्य शिविर भएको छ । सहिद शुरेस वाग्ले (वासु) स्मृति प्रतिष्ठानले शहिद सप्ताहका अबसरमा शनिवार शिविर गरिएको हो । शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठले आर्थिक संवद्धि र विकास अबको आवश्यकता रहेको बताए । आपँपीपल अस्पताल पुग्ने सडक स्तरोन्नतीका लागि पहल गर्ने उनले आश्वासन दिएका छन् । प्रजनन स्वास्थ्यमा सचेत रहन उनले महिलालाई विशेष आग्रह गरे ।
शहिद सुरेश वाग्लेकी श्रीमती सुर्यकला वाग्लेको स्वास्थ्य जाचँ गरेर उद्घाटन गरिएको शिविरमा करीब तिन सय जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमध्ये एक सय ५१ महिलाको पाठेघरको पानी निकालेर जाचँका लागि भक्तपुर क्यान्सर अस्पताल लगिएको छ । महिलाको पाठेघर तथा स्तन तथा पुरुषको छाती र अन्य अंगमा क्यान्सर भए नभएको एकिन गर्ने उदेश्यका साथ शिविर गरिएको हो । शिविरमा नाक, कान घाँटी सम्बन्धी सेवा पनि दिईएको छ । शिविरमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर यज्ञ भण्डारी, शिक्षण अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर योगेन्द्र प्रसाद सिंह, भक्तपुर क्यान्सर अस्पतालका डाक्टर विजय वयाजु र डाक्टर समिक्षा पोख्रेल तथा आपँपिपल अस्पतालका डाक्टर क्षितिज पौडेल सहितको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य जाचँ गरेको थियो । प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शिविर सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको प्रतिष्ठानका कोषाध्यक्ष विकास वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्