मनकामना स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर
गोरखाको शहिद लखन गाउँपालिका ३ स्थित मनकामना स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर भएको छ । निको पार्ने हातहरु नेपालको आयोजनामा आइतबार र सोमबार शिविर भएको हो । शिविरमा एक सय ३२ जनाको दाँतसम्बन्धी समस्याको उपचार गरिएको संस्थाकी निक्की थापाले बताईन् । ‘स्थानिय बासीन्दाले दाँतको सफाईमा कम ध्यान दिएको पाईयो’ उनले भनिन् ‘दाँत र गिजाको राम्रोसँग सफाई नभएका कारण किराले खाने, दात टुक्रने, गिजाले दाँत छोडेदै जाने समस्या रहेको भेटौं ।’ शिविरमा आएकालाई दाँत सफाई गर्ने तरीकाका बारेमा जानकारी दिनुका साथै निशुल्क औषधि वितरण गरिएको उनले बताईन् ।




