| आइतवार, कार्तिक २२, २०८३

महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीको निशुल्क रक्त समुह पहिचान

लियो क्लव अफ गोरखाले महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्याथीहरुको निशुल्क रक्त समुह पहिचान गरेको छ । विद्यालयको कक्षा १०, ११ र १२ मा अध्ययनरत ८२ जना विद्यार्थीको निशुल्क रक्त समुह पहिचान गरिएको क्लवकी स्वास्थय संयोजक अस्मिता खड्काले जानकारी दिईन् । विद्यार्थीहरुलाई आफ्नो रक्त समुहको वारेमा जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको क्लवका अध्यक्ष यम वसेलले बताए । सोही अबसरमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण वावु आचार्य, सचिव वालकृष्ण परियार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्