| आइतवार, कार्तिक २२, २०८३

आँपपिपलमा मोतियाविन्दूको दुई दिने निशुल्क सल्यक्रिया शिविर

गोरखाको आपँपिपल अस्पतालमा मोतियाविन्दुको निशुल्क शल्यक्रिया शिविर भएको छ ।
३ र ४ गते भएको शिविरमा एक सय १८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको पालुङ्टार नगर स्वास्थ्य इकाइका दिपेन्द्र गिरिले जानकारी दिए । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिका वडा नं. ३ ले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन ।
पालुङटार नगरपालिकाको आयुर्वेद भबन, खोप्लाङ स्वास्थ्य चौकी, हर्मी स्वास्थ्य चौकी र लमजुङको चक्रतीर्थ स्वास्थ्य चौकीमा छुट्टाछुट्टै शिविरको आयोजना गरि मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्नेको छनौट गरिएको थियो । उनिहरुको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका डाक्टरहरुद्वारा निशुल्क शल्यक्रिया गरिएकोे गीरीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्