
अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो
अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ ।
पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।
‘पोहोर साल नोभेम्बर महिनाको पहिलो हप्ताको तुलनामा अहिलेको तापक्रम एक–दुई डिग्री कम हो,’ मौसमविद मानन्धरले भनिन् । उनले अब दिनहुँ तापक्रम घट्दै जाने र जाडो बढ्ने बताइन् ।
हाल दिउँसो घाम लाग्ने गरे पनि बिहान र साँझ चिसो महसुस हुने गरेको छ । काठमाडौं उपत्यकामा बिहानपख कुहिरो लाग्न थालेको छ । अब हुस्सु पनि बढ्दै जाने अनुमान छ ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसपछि सबैभन्दा कम डडेलधुराको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ ।




