| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीका सबै वडामा आवासीय विद्यालय आबश्यक

जिल्लाकै ठुलो भुगोल समेटिएको चुमनुब्री गाउँपालिका विकास निर्माणका पुर्वाधारसँगै शैक्षिक विकासमा पनि पछि परेको छ । गाउँपालिकाको सातवडामध्ये पाँच वडामा सञ्चालित आाधारभुत विद्यालयमा आवासीय सुविधा सहित पढाई हुन्छ । ती विद्यालयमा सरकारले हिमाली छात्रवृत्तिका नाममा प्रतिविद्यार्थी चार हजार रुपैयाँका दरले विद्यालयलाई खर्च दिदै आएको छ ।
तर वडा नं ५ को विहीमा विद्यालय नै छैन । त्यहाँका केहि बालबालिका गुम्बामा पढ्छन् । धेरैजसो पढ्ने उमेरका बालबालिका चौरीगोठालोमै दिन विताउँछन् । वडा नं ६ को चुम्चेतमा विद्यालय भएपनि आवासीय सुविधा छैन । आवासीय सुविधा नभएपछि विद्यार्थी नियमित विद्यालय जाँदैनन् । केहि विद्यार्थी सिर्दीबास,प्रोक, सामागाउँ लगायतका आवासीय विद्यालयमा पनि पुगेका छन् ।
नेपालको संविधानले सबै बालबालीकालाई शिक्षाको सुनिश्चितता
गरेको छ । तर सर्वसुलभ हुन नसक्दा चुमनुब्री गाउँपालिकाका अभिभावकले बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन्, विद्यालय गएपनि बिचमै पढाई छाड्ने क्रम रोकिएको छैन । आर्थिक स्तर कमजोर तथा पारिवारिक समस्याका कारण पढ्नकै लागि विद्यालय चाहार्दै हिड्न नसक्नेहरुको भविष्य अन्धकारतर्फ मोडिदैछ । त्यसैले शिक्षालाई साच्चिकै सबैको पहुँचमा पु¥याउनका लागि चुमनुब्रीको सबै वडामा आवासीय विद्यालय सञ्चालन गर्न आबश्यक छ । यसको बन्दोबस्त स्थानीय देखि प्रदेश र संघीय सरकारले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्